यसरी मनाइयो चौँथो अन्तर्राष्ट्रिय योग दिवस, फोटो
काठमाडौं : चौँथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले विशेष योग शिविर सम्पन्न गरेको छ। मंगलबार बिहान भएको योग शिविरमा काठमाडौंस्थित सीबीएसई स्कुलका विद्यार्थीहरू, योग संस्था र संगठनहरूको सहभागिता थियो।
कार्यक्रममा नेपालका लागी भारतीय राजदूत मन्जिव सिंह पुरी पनि सहभागी थिए। कार्यक्रममा कलाकार तथा अभिनेता-अभिनेत्रीहरूको पनि सहभागिता थियो।
हेर्नुस् विकास कार्कीले खिचेका योग कार्यक्रमका तस्बिरहरूः