नेकपामा पोलिटब्यूरो राखिने, अन्तरिम विधानमा यस्तो छ व्यवस्था

नेकपामा पोलिटब्यूरो राखिने, अन्तरिम विधानमा यस्तो छ व्यवस्था

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोलिटब्यूरोको व्यवस्था गरेको छ। नेकपाको अन्तरिम विधानले  पोलिटब्यूरो व्यवस्था गरेको हो। अन्तरिम विधानको धारा १९ को उपधारा २ मा पोलिटब्यूरोको व्यवस्था गरिएको छ।

पार्टीका महासचिव विष्णु पौडेल संयोजकत्वमा बनेको कार्यदलले तयार पारेको अन्तरिम विधानमा 'स्थायी समिति सदस्यसहित केन्द्रीय कमिटीको कुल सदस्य संख्याको एकतिहाई पोलिटब्यूरो हुने' उल्लेख छ।

विधानमा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव र एक प्रवक्तासहित ४४१ जनाको केन्द्रीय कमिटी व्यवस्था गरिएको छ। केन्द्रीय किमिटीको एक तिहाई पोलिटब्यूरो हुने व्यवस्थाबमोजिम नेकपाको पोलिब्यूरो १४७ जनाको हुने भएको छ।

पदाधिकारी, सचिवालय सदस्यसहित ४५ सदस्यीय स्थायी कमिटी हुने व्यवस्था विधानमा छ। नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को एकीकरणपछि बनेको नेकपामा अहिले भने पोलिटब्यूरो राखिएको छैन।

पार्टी एकीकरणमा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव, एक प्रवक्तासहित ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी समिति र ४४१ सदस्यीय केन्द्रीय कमिटीमात्र हाल बनाइएको छ। पार्टी एकीकरणको समयमा पोलिटब्यूरो राख्ने वा नराख्ने भन्नेमा पार्टीभित्र फरक फरक धारणा आएका थिए।    

के गर्छ पोलिटब्यूरोले ?

अन्तरिम विधानको धारा १९ को उपधारा ‘च’ मा पोलिटब्यूरोको काम कर्तव्य र अधिकारका बारेमा उल्लेख छ। पोलिटब्यूरोले दुई केन्द्रीय कमिटीको बैठक बीचको अवधिमा राजनीति तथा संगठनात्मक निर्णय गर्ने व्यवस्था अन्तरिम विधानमा गरिएको छ। त्यस्तै राजनीतिक तथा संगठनात्मक लगायतका आवश्यक विषयमा पार्टीका नीति तथा दृष्टिकोण तय गर्ने अधिकार समेत पोलिटब्यूरोले पाएको छ।

अन्तरिम विधानमा केन्द्रीय कमिटीमा आफ्ना कामको प्रतिवेदन पेस गर्ने, स्थायी कमिटीका निर्णय अनुमोदन गर्ने र आफूले गरेका निर्णय तथा कार्यहरू अनुमोदनका निम्ति केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गर्ने व्यवस्था गरिएको छ। पोलिटब्यूरो केन्द्रीय कमिटीप्रति उत्तरदायी रहने र केन्द्रीय कमिटीले तोकेका अन्य काम गर्ने व्यवस्था पनि विधानमा गरिएको छ ।

कायदलले तयार पारेको अन्तरिम विधान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएर छलफलको लागि स्थायी समितिमा पेश गरिएको छ। अन्तरिम विधान नियमावली मस्यौदा गर्न महासचिव पौडेलको संयोजकत्वमा कमिटी बनाइएको छ। उक्त कमिटीमा पार्टीका नेताहरू देव गुरुङ, बेदुराम भुसाल र खिमलाल देवकोटा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.