डा. देवकोटाको अन्तिम बिदाइ
काठमाडौं : प्रख्यात न्युरो सर्जन डा.उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनलाई पत्नी डा. मधु देवकोटा,छोरी बसुधा, मेघा र मञ्जरीले दागबत्ती दिएका छन्। देवकोटाको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो ।
स्वर्गीय देवकोटाको विद्युतीय प्रणालीबाट अन्त्येष्टि गरिएको छ। देवकोटाप्रति अन्तिम श्रद्धाञ्जलि दिन आफन्त र शुभचिन्तकको पशुपति आर्यघाटमा भीड लागेकाे थियो। सोमबार साँझ निधन भएका डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ देखि १ बजेसम्म बाँसबारीको न्युरो अस्पताल राखिएको थियो।
डा.देवकोटालाई अन्तिम श्रद्धाञ्जलि दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उनका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेता न्युरो अस्पताल पुगेका थिए।