जापान र कोलम्बियाको खेल: तीन मिनेटमै रेडकार्ड, ६ मिनेटमा पेनाल्टी गोल
![जापान र कोलम्बियाको खेल: तीन मिनेटमै रेडकार्ड, ६ मिनेटमा पेनाल्टी गोल](https://annapurnapost.prixacdn.net/media/albums/colombia_with_japan_20180619121839_7I8aJk4kEB.jpg)
मस्को : रुस विश्वकप अन्तर्गत मंगलबारको पहिलो खेल सुरु भएको तीन मिनेटमै कोलम्बियाका कार्लोस सान्चेले रेडकार्ड पाएका छन्।
डिबक्स भित्र हेन्ड गरेपछि सान्चेले अम्पायरले खेल सुरु भएको तीन मिनेटमै सान्चेलाई रेडकार्ड दिएका हुन्। यो नै रुस विश्वकपको पहिलो रेडकार्ड हो।
डिबक्समा हेन्ड गरेपछि रेडकार्डसँगै अम्पायरले पेनाल्टी दिएका थिए। पेनाल्टीमार्फत् खेल सुरु भएको ६ मिनेटमै जापानका सिन्जी कागवाले गोल गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)