पहिलो हाफ: १०खेलाडीमा सीमित कोलम्बियाले जापनलाई १-१ बराबरीमा रोक्यो
मस्को : रुस विश्वकप अन्तर्गत मंगलबारको पहिलो खेल सुरु भएको तीन मिनेटमै कोलम्बियाका कार्लोस सान्चेले रेडकार्ड पाएका छन्। डिबक्स भित्र हेन्ड गरेपछि सान्चेले अम्पायरले खेल सुरु भएको तीन मिनेटमै सान्चेलाई रेडकार्ड दिएका हुन्। यो नै रुस विश्वकपको पहिलो रेडकार्ड हो।
डिबक्समा हेन्ड गरेपछि रेडकार्डसँगै अम्पायरले पेनाल्टी दिएका थिए। पेनाल्टीमार्फत् खेल सुरु भएको ६ मिनेटमै जापानका सिन्जी कागवाले गोल गरेका हुन्। खेल सुरु हुँदै १० खेलाडीमा सीमित भएर पेनाल्टी गोल खाएको कोलम्बियाले त्यसपछि आक्रमक खेल प्रदर्शन गरेको छ।
खेलको ३९ औँ मिनेटमा फ्रिकिकमार्फत् कोलम्बियाका जुना क्वीनटरोले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन्। जुनाको फ्रिकिक जापानका गोलकिपरले गोल लाइनभित्र पसेपछि मात्र समातेका थिए। खेलको सुरुमा संकटमा परेको कोलम्बियाले पहिलो हाफमा बराबरी गरेपछि खेल प्रतिस्पर्धात्मक बनेको छ।