विद्यालयमा ताला
राजविराज : शिक्षक अभावमा नियमित पठनपाठन हुन नसकेपछि आक्रोशित विद्यार्थीहरुले मंगलबार सप्तरीको डाकनेश्वरी नगरपालिका – ७ स्थित जनता रामेश्वर मेमोरियल माध्यमिक विद्यालय ब्रह्मपुरमा ताला लगाएका छन् ।
लामो समयदेखि सम्वन्धित विषयका शिक्षकको अभावले अध्ययन अध्यापन कार्य प्रभावित बन्दै आएको भन्दै आक्रोशित विद्यार्थीले कक्षा कोठा बाहेक अन्य सम्पूर्ण शाखामा तालाबन्दी गरेका हुन् । तालाबन्दीका कारण प्रधनाध्यापक, प्रशासन, लेखा, स्टोरलगायतका सबै शाखाको काम ठप्प भएको छ ।
प्रधानाध्यापक प्रमोदकुमार यादवले विद्यालयमा शिक्षकको अभाव रहँदा विद्यार्थीको पठन पाठन प्रभावित भएको स्वीकार गरे । उनले पटक–पटक प्रयास गर्दा पनि सम्वन्धित निकायले शिक्षक ब्यवस्थापनमा ध्यान नदिदा तालाबन्दीको अवस्था उत्पन्न भएको वताए ।