१० खेलाडीमा सीमित कोलम्बियामाथि जापानको दबदबा : खेल २–१ मा जारी
मस्को : रुस विश्वकप अन्तर्गत मंगलबारको पहिलो खेल सुरु भएको तीन मिनेटमै कोलम्बियाका कार्लोस सान्चेले रेडकार्ड पाएका छन् ।
डिबक्स भित्र हेन्ड गरेपछि सान्चेले अम्पायरले खेल सुरु भएको तीन मिनेटमै सान्चेलाई रेडकार्ड दिएका हुन् । यो नै रुस विश्वकपको पहिलो रेडकार्ड हो ।
डिबक्समा हेन्ड गरेपछि रेडकार्डसँगै अम्पायरले पेनाल्टी दिएका थिए । पेनाल्टीमार्फत् खेल सुरु भएको ६ मिनेटमै जापानका सिन्जी कागवाले गोल गरेका हुन् । खेल सुरु हुँदै १० खेलाडीमा सीमित भएर पेनाल्टी गोल खाएको कोलम्बियाले त्यसपछि आक्रमक खेल प्रदर्शन गरेको छ ।
खेलको ३९ औँ मिनेटमा फ्रिकिकमार्फत् कोलम्बियाका जुना क्वीनटरोले गोल गर्दै खेल बराबरीमा फर्काएका हुन् । जुनाको फ्रिकिक जापानका गोलकिपरले गोल लाइनभित्र पसेपछि मात्र समातेका थिए । खेलको सुरुमा संकटमा परेको कोलम्बियाले पहिलो हाफमा बराबरी गरेपछि खेल प्रतिस्पर्धात्मक बनेको छ ।
दोस्रो हाफमा जापानले थप अर्को गोल गरेको हो । जापानका लागि युवा ओसाकाले ७३ औँ मिनेटमा हेडमार्फत गोल गरेका हुन् । जापानका लागि किस्युके होण्डाले प्रहार गरेका कर्नरलाई ओसाकाले हेडमार्फत् गोलमा परिणत गरेका हुन् ।