नेइमार फेरि घाइते, प्रशिक्षणबाट निकालियो

नेइमार फेरि घाइते, प्रशिक्षणबाट निकालियो

एजेन्सी :  विश्वकपको आफ्नो दास्रो खेल नजिकिँदै गर्दा ब्राजिलका मुख्य स्ट्राइकर नेइमार घाइते भएका छन् । दायाँ खुट्टा भाँच्चिएका कारण नेइमार लामो समयपछि ३ जुनमा भएको कोस्टारिकाविरुद्धको विश्वकप अभ्यास खेलमा मैदानमा फर्केका थिए । 

आइतबार स्विट्जरल्यान्डविरुद्धको खेलपछि दुखाई महसुस गरेका उनलाई प्रशिक्षणबाट निकाली उपचराका लागि फिजिसियनकोमा पठाइएको छ। यस पटक पनि उनको दायाँ खुट्टामा समस्या देखिएको हो । नेइमार दुईदिन उपचार गरेपछि मात्रै प्रशिक्षणमा फर्कने ब्राजिलियन टोलीका प्रवक्ता भिनिसिअस रोड्रिगेजले बताएका छन् । 

शुक्रबारको कोस्टारिकाविरुद्धको खेलमा उनी फिट हुने नहुने टुंगो लागेको छैन । २०१४ को विश्वकपमा पनि कोलम्बियाविरुद्धको क्याटरफाइनल खेलमा घाइते भइ बाँकी खेल खेल्न सकेका थिएनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.