अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन : सुर्खेतको एकलौटी जित

अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन : सुर्खेतको एकलौटी जित

वीरेन्द्रनगर : अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन छनोट प्रतियोगितामा सुर्खेतले एकलौटी जित हात पारेको छ । वीरेन्द्रनगरमा आइतबारदेखि सञ्चालित तीनदिने प्रतियोगिताको सबै स्पर्धामा सुर्खेतका खेलाडी विजयी भए । मंगलबार सम्पन्न प्रतियोगिताबाट ११ जना खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भए । छनोट हुने सबै सुर्खेतका खेलाडी हुन् ।

जिल्ला ब्याडमिन्टन संघको सहजीकरणमा वीरेन्द्रनगरको प्रहरी व्यायामशालामा सञ्चालित प्रतियोगितामा कर्णाली प्रदेशका दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला, रुकुम, सल्यान र हुम्लाका एक सय २८ खेलाडीले भाग लिएका थिए । काठमाडौंमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट खेलका विजेता र उपविजेता सहभागी हुनेछन् । विजयी खेलाडीलाई प्रदेश प्रहरी प्रमुख सुरेशविक्रम शाहलगायतले पुरस्कार प्रदान गरे ।

नीराजन उत्कृष्ट घोषित

प्रतियोगितामा सुर्खेतका नीराजन चौधरी उत्कृष्ट खेलाडी भएका छन् । उनी पुरुष एकल र १९ वर्षमुनिको एकलमा स्पर्धामा पहिलो भए । मंगलबार बिहान भएको पुरुष एकलमा नीराजनले सुर्खेतकै जितबहादुर लामिछानेलाई २१-१७, १९-२१, २१-१९ ले हराए । १९ वर्षमुनिको पुरुष एकलमा नीराजनले सुर्खेतकै नगेन्द्र बम ठकुरीलाई २१-९, २१-१७ ले हराए । प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका उनलाई जिल्ला ब्याडमिन्टन संघका वरिष्ठ उपाध्यक्ष चेत अधिकारीले तीन हजार रुपैयाँबाट पुरस्कृत गरे ।

यसैगरी महिलामा सुर्खेतकै सामना भट्टराई प्रतियोगितामा उत्कृष्ट भएकी छन् । उनले १९ वर्षमुनिको महिला एकल र महिला एकलमा सफलता हात पारिन् । उनले सोमबार भएको फाइनलमा सुर्खेतकै अग्रिमा भण्डारीलाई २१-१४, २४-२२ ले हराइन् । महिला एकलमा पनि उनले सुर्खेतकी सेस्मा श्रीपालीलाई २१-९, २१-६ ले हराएकी थिइन् । मिक्स युगलमा खगेन्द्र खत्री र सेस्मा श्रीपालीको जोडी पहिलो भयो ।

उनीहरूले सुर्खेतका नगेन्द्रबहादुर थापा र पुष्पा शाहीको जोडीलाई २१-१७, २२-२० र २१-१७ ले हराए । पुरुष युगलमा दीपेश चौधरी र युवराज गुरुङको जोडी पहिलो भयो । उनीहरूले नगेन्द्रबहादुर थापा र खगेन्द्र खत्रीको जोडीलाई २१-१६, ७-२१, २१-१७ ले हराए ।

प्रतियोगितामा सुर्खेत बाहिरका खेलाडी तेस्रो स्थानमा अटाए । तेस्रो हुनेमा पुरुष एकलमा जाजरकोटका जनक भदेल, सुर्खेतका महेशविक्रम सिंह, पुरुष युगलमा रुकुमका शशिराम रावत र हरि चन्द र सुर्खेतका विष्णु पौडेल र कर्ण बुढाको जोडी रहेको छ । यस्तै महिला एकलतर्फ सुर्खेतकै पुष्पा शाही, १९ वर्षमुनिको महिला एकलमा पुष्पा शाही र सेस्मा श्रीपाली, १९ वर्षमुनिको पुरुष एकलमा सुर्खेतकै सुजित कार्की र अनिल मल्ल तेस्रो भए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.