पानामावरिुद्ध २ गोल गरेका बेल्जियमका लुकाकुको यस्तो गुनासो
विश्वकपको पहिलो खेलमा राष्ट्रका लागि दुई गोल गर्न पाउँदा म निकै खुसी छु । तर, बेल्जियममा अझै पनि केही व्यक्ति मेलै सफलताको सिँढी उक्लिएको देख्न चाहँदैनन् । त्यसैले उनीहरू मेरो सफलतामा रमाउँदैनन् ।
बाल्यकालमा मैलै भोग्नु परेको चरम गरिबीसँग उनीहरू अनभिज्ञ छन् । मलाई राम्ररी बुझ्न सबैभन्दा पहिलो मेरो बाल्यकाल, पारिवारिक अवस्था र गरिबीका कारण मैले भोग्नु परेको यातनालाई बुझ्न सक्नुपर्छ।
इङ्लिस क्लब चेल्सी र वेस्ट ब्रोमविचबाट व्यावसायिक फुटबल खेल्दा पनि आफ्नै राष्ट्रका धेरैले मेरो खिल्ली उडाएको मलाई थाहा छ । जे होस्, यति बेला आफ्नो देशलाई पहिलोपटक विश्वकपको उपाधि दिलाउनु मेरो एकमात्र लक्ष्य हो ।