म्याद नाघेको जुस बिक्री गर्ने पक्राउ

म्याद नाघेको जुस बिक्री गर्ने पक्राउ

वीरगन्ज : म्याद गुज्री सकेको जुसको डब्बामा नयाँ म्याद थप गरी बिक्री गर्ने व्यापारिक प्रतिष्ठानको गोदाममा बुधबार प्रहरीले छापा मारी तीन हजार ५ सय थान जुस बरामद गरेको छ।

 वीरगन्ज महानगरपालिका-५ रेल्वे रोडमा अवस्थित कौशल श्रीवास्तवको घरमा रहेको सौरभ शेल इन्टरनेसनल फर्मको गोदाममा प्रहरीले छापा मारेको हो। त्यसमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

छापामार्ने क्रममा प्रहरीले गोदाममा कार्यरत कर्मचारी वीरगन्ज-११ श्रीपुरका लक्ष्मी साह कानु , पर्साको सखुवा प्रसौनी-१का ओमबहादुर कार्कीलाई पक्राउ गरेको हो। फर्मका सञ्‍चालक श्रीवास्तव भने फरार रहेको र उनको खोजी भइरहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। 

वीरगन्जको रेल्वे रोडमा अवस्थित कौशल श्रीवास्तवको घरमा रहेको गोदाममा प्रहरीले छापा मारी बरामद गरेको जुस। तस्बिर : क्रान्ति शाह

म्याद गुज्री सकेका जुसमा नयाँ म्याद छापेर बजारमा बिक्री वितरण भइरहेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट बुधबार खटिएको प्रहरी टोलीले श्रीवास्तवको घरमा रहेको गोदाममा छापा मारेको प्रहरी उपरीक्षक ढकालले बताए। 

छापा मार्ने क्रममा गोदामबाट तीन महिना पहिले नै म्याद सकिसकेको कोरियन कम्पनीको डोलेस ब्राण्डको सुन्तलाको जुसमा नयाँ म्याद छापिरहेको अवस्थामा तीन हजार ५ सय पिस जुस बरामद गरिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए। 

त्यसक्रममा प्रहरीले आन्तरिक राजस्व कार्यालय वीरगन्जको स्टाम्प, कर अधिकृतको छापलगायत दुई दर्जन विभिन्न कार्यालय तथा फर्मका छाप पनि बरामद गरेको छ। 

तीन महिना पहिले नै म्याद गुज्रिसकेको कोरियन कम्पनी डेलोस ब्राण्डको जुसमा नयाँ मिति राखेर बेचिरहेको भेटिएपछि प्रहरीले निगरानी बढाएको थियो, प्रहरी उपरीक्षक ढकालले भने, 'जुसको डब्बामा पछाडीतिर रहेको एक्स्पाइरी मितिलाई थिनर झोलको सहायताले मेटेर नयाँ म्याद छापेर बजारमा बिक्रीका लागि पठाउने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.