रुस र उरुग्वे दोस्रो चरणमा

रुस र उरुग्वे दोस्रो चरणमा

मस्को : आयोजक रुस र दक्षिण अमेरिकी टोली उरुग्वे रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेका छन्। दुई पटकको विश्वकप विजेता उरुग्वेले बुधबार राति खेलिएको खेलमा एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियालाई १—० गोलले हरायो। यसअघि मंगलबार राति खेलिएको खेलमा रुसले इजिप्टलाई ३—१ गोलले पाखा लगाएको थियो।

समूह ‘ए’ मा सहभागी चारवटै टोलीले दुई/दुई खेल खेलिसक्दा रुस र उरुग्वेले लगातार आफ्नो दुबै खेल जित्दै ६/६ अंक बनाएका छन्। आफ्ना दुबै खेलमा पराजित भएका साउदी र इजिप्ट भने समूहगत चरणबाटै घर फर्किने निश्चित भएको छ। रुसले आफ्नो पहिलो खेलमा साउदीलाई ५—० गोलले हराएको थियो भने उरुग्वेले पहिलो खेलमा इजिप्टमाथि १—० को प्रतिस्पर्धात्मक जित हासिल गरेको थियो।

साउदीविरुद्घको खेलको २३औं मिनेटमा उरुग्वेका लागि प्रभावशाली खेलाडी लुइस स्वारेजले हेडमार्फत गोल गरेका थिए। उनले कार्लोस सान्चेजले बायाँ कर्नरबाट डीबक्सभित्र दिएको कलात्मक पासलाई सदुपयोग गरेका हुन्। स्पेनिस क्लब बार्सिलोनाबाट ब्यवसायिक फुटबल खेल्ने ३१ वर्षीय स्वारेजका लागि राष्ट्रिय टोलीबाट गरेको यो गोल विशेष रह्यो। उनले उरुग्वेका लागि खेलेको यो एक सयौं खेल हो।

यसैगरी मंगलबार राति खेलिएको खेलमा रुसले इजिप्टलाई ३–१ गोलले हराएको थियो। प्रभावशाली खेलाडी मोहमद सलाहसहित मैदानमा ओर्लिएको इजिप्टले खेलमा खासै प्रभाव देखाउन सकेन। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। रुसले ४७औं मिनेटमा इजिप्टका खेलाडीको आत्मघाती गोलमार्फत अग्रता लियो। इजिप्टका अहमद फाथीबाट आत्मघाति गोल भएको थियो।

यसैगरी ५९औं मिनेटमा रुसका डेनिस चेरिसेभले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। उनले मारियो फर्नान्डेजले पोस्ट् नजिक मिलाएको उत्कृष्ट पासमा गोल गरेका थिए। ६२औं मिनेटमा अर्टिम डिजेउबाले गोल गर्दै रुसको जित सहज बनाए। उनले इजिप्टको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै गोल गरेका थिए। दोस्रो हाफमा लगातार दबाब झेलेको इजिप्टले ७३औं मिनेटमा पेनाल्टीमार्फत सान्त्वना गोल फर्काएको थियो। डिबक्सभित्र रुसका खेलाडीले सलाहलाई फल गरेपछि रेफ्रीले भीएआर प्रणालीका आधारमा पेनाल्टी प्रहारको अवसर दिएका थिए। उक्त पेनाल्टीलाई सलाहले सदुपयोग गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.