रोनाल्डोको गोलमा पोर्चुगलको प्रतिस्पर्धात्मक जित

रोनाल्डोको गोलमा पोर्चुगलको प्रतिस्पर्धात्मक जित

मस्को : रोनाल्डो प्रेरित पोर्चुगलले विश्वकपको दोस्रो खेलमा प्रतिस्पर्धात्मक जित हात पारेको छ। समूह ‘बी’ अन्तर्गत बुधबार बेलुका भएको खेलमा युरोकप विजेता पोर्चुगलले मोरक्कोलाई १–० गोलले हरायो। प्रतिस्पर्धात्मक खेलमा पोर्चुगलका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले पहिलो हाफको सुरुआतमै गरेको गोल निर्णायक बन्यो। खेलको चौथो मिनेटमै रोनाल्डोले उत्कृष्ट हेड गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए।

बेनार्डो सिल्भाको कर्नर पासमा डिबक्स घम्साघम्सीबीच पाएको बललाई रोनाल्डोले कलात्मक शैलीमा हेड गोल गरेका थिए। रोनाल्डोको सट रेन्टको उक्त प्रहारलाई विपक्षी गोलरक्षकले नियाल्नसमेत भ्याएनन्। सुरुआती अग्रतासँगै रक्षात्मक रणनीतिमा देखिएको पोर्चुगलविरुद्ध मोरक्कोले खेलको अन्तिमसम्म गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन।

मोरक्कोले मध्य भागमा बल नियन्त्रण र पाससमेत राम्रो खेलेको थियो। फिनिसिङ लाइनमा कमजोर देखिएको मोरक्कोको डिबक्स छेउका अधिकांश प्रहार पोस्ट् माथिबाट हुइँकिएको थियो। मैदानमा ५६ प्रतिशत बल नियन्त्रणमा लिए पनि पोर्चुगुल एउटै मौकामा हिरो बन्न पुग्यो। हारसँगै मोरक्को जारी विश्वकपको समूहगत चरणबाटै बाहिरिने निश्चित भएको छ।

समूहको आफ्नो पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक पूरा गरेका रोनाल्डोले दुई खेलमा चार गोल गरिसकेका छन्। उनी हालसम्म जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। यही गतिमा पोर्चुगल अगाडि बढेमा रोनाल्डो गोल्डेन बुटको हकदार बन्ने आकलन गरिएको छ। पहिलो खेलमा स्पेनसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको पोर्चुगलले समूहमा चार अंक बनाएको छ।

जितसँगै पोर्चुगलले अघिल्लो चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ। पोर्चुगलले समूहगत चरणको आफ्नो अन्तिम खेल असार ११ गते इरानसँग खेल्ने छ।। सोही दिन विश्वकपको पूर्वविजेता स्पेनले मोरक्कोको सामना गर्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.