कांग्रेस नेता मनमोहन भट्टराईलाई मस्तिष्कघात
काठमाडौं : नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्रयाइएको थियो।
अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
स्नायु रोग विशेषज्ञ डा राजीव झासहितको टोलीले उनको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ ।