पहिलो हाफमा डेनमार्क र अस्ट्रेलियाको १-१ बराबरी
मस्को : रुस विश्वकपअन्तर्गत समूहगत चरणको दोस्रो खेलको पहिलो हफमा अस्ट्रेलिया र डेनमार्कले १-१ बराबरी खेलेका छन्।
सातौं मिनेटमा गोल गर्दै डेनमार्कले खेलमा अग्रता लिएको थियो। तर, ३९ औँ मिनेटमा पेनाल्टी पाएपछि अस्ट्रेलियाले सुन्दर गोल गरेको छ। डेनमार्कका लागि सातां मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गरेका थिए।
समूह ‘सी’ अन्तर्गत पहिलो खेलमा अस्ट्रेलियाले फ्रान्ससँग २-१ पराजित भइसकेको छ। डेनमार्कले भने पेरुलाई १-०ले पराजित गरेका थियो। अघिल्लो चरण प्रवेशका लागि डेनमार्कमाथि जित्नैपर्ने दबाब छ। अस्ट्रेलियासमेत डेनमार्कलाई पराजित गर्दै दोस्रो चरणको टुंगो तेस्रो खेलबाट लगाउने लक्ष्यका साथ मैदानमा छ।