ओली र चिनियाँ प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिमा के छ ?

ओली र चिनियाँ प्रधानमन्त्रीको संयुक्त  विज्ञप्तिमा के छ ?

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनासँग सम्बन्धित दुुवै देशबीच भएका सहमति र सम्झौता पालना गर्न नेपाल र चीन पूर्ण सहमत भएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र चिनियाँ प्रधानमन्त्री ली खछियाङबीच भेटवार्तापछि जारी संयुक्त विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपालले लिएको एक चीन नीतिको स्वागत गर्दै तिब्बत र ताइवानलाई चीनको आन्तरिक मामिलाका रूपमा व्याख्या गरिएको छ ।

चीनले राजनीतिक रूपान्तरण र स्थायीत्व प्राप्त गरेकोमा नेपाललाई बधाई दिएको विज्ञप्तिमा उल्लेख छ । नेपालले तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै ओलीको नेतृत्वमा नेपालले ‘समृद्ध नेपाल र खुसी नेपाली’को सपना साकार हुने चिनियाँ विश्वासलाई विज्ञप्तिले समेटको छ ।

‘दुवै देशले एक अर्का देशको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई अविछिन्न सम्मान गर्नेछन्’, १४ बुँदे संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालले अंगिकार गर्ने सामाजिक र विकास प्रणालीलाई चीनले स्वागत गर्नेछ ।’ दुवै पक्षले उच्चतहको भ्रमण आपसी सम्बन्ध सुधार गर्न महŒवपूर्ण हुने भन्दै दुवै देशले निरन्तर उच्चतहको भ्रमण आदानप्रदान गर्ने र दुई पक्षीय हितका विषयमा छलफल गर्न पनि सहमत भएको विज्ञप्तिमा जनाइएको छ ।

विद्यमान सरकारी संयन्त्रको उच्चतम सदुपयोग गर्दै सबै सरकारी निकाय र राजनीतिक पार्टीहरूबीच सम्पर्कमा रहन पनि नेपाल–चीन सहमत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालका सबै क्षेत्रमा भित्रिने चिनियाँ लगानीको नेपालले स्वागत गर्ने विज्ञप्तिमा उल्लेख छ । नेपालले चिनियाँ लगानीलाई स्वागत गर्न तत्पर रहेको बताउँदै लगानी भित्र्याउन प्रत्याभूत गर्नु पर्ने आवश्यक व्यावसायिक वातावरण निर्माण गर्न नेपाल तत्पर रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल–चीन दुवै पक्षले तातोपानी नाका खोल्न तयार रहेको जनाउँदै मितेरी पुल निर्माणसम्बन्धी सम्झौता भएकोमा खुसी व्यक्त गरेका छन् । दुवै देशमा हवाई सम्पर्क विस्तारका लागि चिनियाँ र नेपाली हवाई व्यवसायीसँग आग्रह गरिएको विज्ञप्तिमा चिनियाँ लगानीमा पोखरामा भइरहेको विमानस्थल निर्माणमा तदारुकता देखाउन दुवै पक्ष सहमत भएको उल्लेख छ । विज्ञप्तिमा नेपालले पहिचान गरेको ठाउँमा तेल भण्डार निर्माणको सम्भाव्यता अध्ययन गर्न दुवै देश सहमत भएको र चीनले नेपालमा तेल खानी खोजीमा सहयोग गर्ने पनि उल्लेख छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.