यी हुन् विश्वकपकी सद्भावना दूत

यी हुन् विश्वकपकी सद्भावना दूत

विश्वकप फुटबलको ज्वरोले संसारलाई तताएको छ। रुसका विभिन्न सहरमा ३२ राष्ट्रको घम्साघम्सी चलिरहँदा विश्वको ध्यान पनि त्यतातर्फ नै आकृष्ट भएको छ। १८ क्यारेट सुनको पाँच किलोको चम्चमाउने आकर्षक ट्रफी जित्न मात्र ६ महादेशका दुई सय नौ राष्ट्रबाट छानिएका ३२ टोली महाभिडन्तमा सहभागी छन्। उनीहरू आगामी चार वर्ष ‘विश्व विजेता’को पगरी गुथ्न यी राष्ट्र महासंग्राममा होमिएका छन्। विश्वकप आयोजक राष्ट्र रुसले संसारभरका फुटबलप्रेमीलाई स्वागत गर्न विभिन्न कार्यक्रम नै सञ्चालन गरेको छ। सुन्दर र मनमोहक रंगशालामा बनाएर चर्चा बटुलेको रुसले ‘सुन्दरता’लाई पनि उत्तिकै उपयोग गरिरहेको छ।

रुसी युवतीहरू संसारमै सुन्दर मानिन्छन्। सुडोल शरीर, गोरो अनुहार, ‘अट्राक्टिभ लुक्स’ र ‘किलर ब्युटी’का कारण उनीहरूको सुन्दरताको चर्चा संसारभर हुने गर्छ। यस्तै सुन्दरताकी धनी हुन्, भिक्टोरिया लोपिरेभा। ३४ वर्षीया भिक्टोरिया ‘विश्वकप फुटबल २०१८’की सद्भावना दूत हुन्।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले रुसलाई विश्वकप फुटबल आयोजनाको जिम्मेवारी दिएसँगै संसारभरका फुटबलप्रेमीलाई आकर्षित गर्न भिक्टोरियालाई सद्भावना दूत बनाइएको हो। सद्भावना दूतका लागि सुन्दर युवतीको छनोट भइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफंैले भिक्टोरियालाई छनोट गरेका थिए।

सन् २००३ की ‘मिस रुस’की विजेता भिक्टोरियाले आफूलाई बहुआयामिक व्यक्तित्वका रूपमा अगाडि बढाउँदै आएकी छन्। भिक्टोरिया मोडल, अभिनेत्री र टेलिभिजन प्रस्तोता पनि हुन्। उनले सन् १९९९ मा फेसन मोडलिङ सुरु गरेकी थिइन्। मोडलिङमा पूर्ण रूपमा समर्पित उनले सन् २००२ मा फेसन मोडलको उपाधि जित्न सफल भइन्। त्यसलगत्तै उनले ‘मिस रुस’को ताज पनि आफ्नो बनाउन सफल भइन्। फेसन ब्लगरसमेत रहेकी उनले सन् २००७ देखि टेलिभिजनमा खेलकुद कार्यक्रम सञ्चालन गर्न थालिन्। भिक्टोरियाले टेलिभिजन कार्यक्रमका साथै सुन्दरी प्रतियोगिता सञ्चालन गर्नुका साथै निर्णायकको भूमिका पनि निर्वाह गरिन्। उनले सन् २००६ मा युक्रेनमा आयोजना भएको ‘मिस युरोप’को सञ्चालनसमेत गरेकी थिइन्। उनले विश्वचर्चित म्यागजिनहरूमा फोटो सुट पनि गरेकी छन्।

सन् २०१५ मा विश्वकप फुटबलको सद्भावना दूत चुनिएकी भिक्टोरियाले सन् २०१६ मा रसियन फुटबल प्रिमियर लिगले सम्मानित ग¥यो। टेलिभिजनका माध्यमबाट रसियन फुटबल लिगको प्रचारका साथै युवा पुस्ताबीच फुटबललाई चर्चित बनाउन महŒवपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको थियो।


सद्भावना दूतका लागि सुन्दर युवतीको छनोट भइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफैंले भिक्टोरियालाई छनोट गरेका थिए।

कर्ली र खैरो कपाल, नीलो आँखा, सुडोल शरीर र ‘सेक्सी अन्दाज’ साँच्चै भिक्टोरियालाई देखेपछि सायदै कसैको नजर अन्यत्र मोडिएला। भिक्टोरियाले आफ्नो यही सुन्दरतालाई उपयोग गरेर विश्वभरका फुटबलप्रेमीलाई रुसमा आउन निम्ता गरिरहेकी छन्। यसका लागि उनले सामाजिक सञ्जाललाई भरपूर उपयोग गरिरहेकी छन्। विश्वकप फुटबललाई भव्य र सभ्य बनाउन रुसले गरेका कामकारबाहीका साथै आफ्नो ‘अट्राक्टिभ लुक्स’का तस्बिर सामाजिक सञ्जालमा सेयर गरिरहेकी छन्। भिक्टोरिया विश्वकपको सद्भावना दूत भएपछि विभिन्न स्टायलमा फुटबल समातेका तस्बिरहरू निकै भाइरल पनि भइरहेको छ। गत जुन १४ मा विश्वकप सुरु भएपछि उनलाई सर्च गर्नेको संख्या पनि ह्वात्तै बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुसका अधिकारीका अनुसार एक महिनासम्म चल्ने विश्वकप फुटबलमा १५ लाखभन्दा बढी फुटबलप्रेमी रुस पुग्ने अनुमान गरिएको छ। फिफा विश्वकप २०१८ को सद्भावना दूत भएपछि विश्वकपमा पूर्ण रूपमा डुबेकी भिक्टोरियाले खेलकुदसँग पनि राम्रो नाता गाँसेकी थिइन्। टेलिभिजनमा खेलकुद कार्यक्रम प्रस्तोता भिक्टोरियाले रुसका स्टार फुटबलर फोयडोर सोमोलोभसँग विवाह गरेर खेलकुदसँगको नाता अझ गहिरो बनाएकी थिइन्। तर, क्रास्नोदार फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका सोमोलोभ र भिक्टोरियाबीचको सम्बन्ध लामो समयसम्म टिक्न सकेन। उनीहरूले विवाह गरेको दुई वर्षपछि नै छुट्टिने निर्णय गरेका थिए। पतिसँग सम्बन्धविच्छेद गरेपछि भिक्टोरिया पूर्ण रूपमा फुटबलमा समर्पित भइन्। उनले रुसका विभिन्न स्थानमा पुगेर युवाहरूसँग अन्तरक्रिया गरिन्। रुसका चर्चित फुटबल खेलाडीलाई आमन्त्रण गरेर बालबालिका र युवाका लागि विभिन्न कार्यक्रम पनि सञ्चालन गरिन्।

एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.