खेलाडीका हेयर स्टाइल

खेलाडीका हेयर स्टाइल

विश्वकपमा खेलाडीको हेयर स्टाइललाई लिएर धेरै चर्चा हुन्छ । फुटबलप्रेमी त झन् आफूलाई मन पर्ने खेलाडीको जस्तै हेयर स्टाइल बनाउन आतुर हुन्छन् । मैदानमा खेलाडीहरू गोल गर्ने प्रयास गरिरहँदा क्यामेराका लेन्सहरू घरिघरि खेलाडीको हेयर स्टाइलमा फोकस हुन्छन् । अनि उनीहरूले गर्ने गोलको मात्रै होइन, कपालको पनि चर्चा चल्छ ।

खेलाडी पनि फ्यानकै लागि फरक र आकर्षक कपाल बनाउँछन् । अहिलेका फुटबल खेलाडी प्रायः चलनचल्तीको हेयर कटमा छन् । धेरैजसो खेलाडीको हेयर स्टाइल फुटबल ग्राउन्ड भित्रभन्दा बाहिर बढी स्टाइलिस देखिन्छ । विश्वकप सुरु भएदेखि विश्वका राम्रा फुटबल खेलाडीको हेयर स्टाइल ट्रेन्डमा छ जसमा डेभिड बेकह्याम, क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, सर्जिओ रामोस र गेरेथ बेलको हेयर स्टाइल सबैभन्दा लोकप्रिय मानिन्छ । प्रायः फुटबल खेलाडीको हेयर मोहाक्स, किइफ, अन्डरकट्स, फेड्स, कोम ओभरस्जस्ता आकर्षक कटमा छन् । आफ्नो स्टाइलिस लुक र फेसन सेन्सले पनि फ्यानलाई पागल बनाउँछन् ।

सर्जिओ रामोस

विश्वको उत्कृष्ट डिफेन्डरको उपाधि पाएका सर्जिओ रामोस स्पेनिस टिमबाट रियल मड्रिडका लागि खेल्छन् । साथै उनी स्पेनको राष्ट्रिय टिमका लागि पनि खेल्दै आएका छन् । सुरुआती खेलमा उनलाई लामो कपालमा देख्न सकिन्थ्यो जब उनी भर्खरका युवा थिए । अहिले ३२ वर्षको उमेरसम्म आइपुग्दा रामोस क्लासिक लुकमा ज्यादा देखिन्छन् । र, यो लुक उनलाई निकै सुहाएको छ । रामोसको हेयर स्टाइल क्लिन कट छ । क्लासिक सर्ट हेयरमा देखिने रामोसको हेयर कट धेरैको रोजाइमा पर्छ ।

 डेभिड डे’ हेया

स्पेनका गोलकिपर डेभिड डे’ हेया पछिल्ला केही वर्ष अलगअलग हेयर स्टाइलमा देखिए । तर उनको क्लासिक म्यान-बुन हेयर कटले सबैको ध्यान खिच्न सफल भयो । डेभिड उक्त स्टाइलमा निकै जमेका छन् । यो हेयर स्टाइलका लागि लामो कपाल पालेर रबरले पछाडि बाँधिन्छ ।

 नेमार जेआर

नेमार दा सिल्भा सान्तोष जुनियर ब्राजिलका मुख्य फुटबल खेलाडी हुन् । उनलाई केबल ‘नेमार’ नामले विश्वभरि चिनिन्छ । जमानाअनुसार नयाँनयाँ हेयर कट गर्नेमा नेमार पनि पर्छन् । उनले प्रायः सबै हेयर कट अपनाएका छन् । उनको ‘लङ मेसी हेयर विथ लो फेड कट’ हेयर स्टाइल ज्यादा चर्चित छ । यो हेयर कट उनको क्षमतासँग पनि दाँजिन्छ । नेमारको स्टाइलिस हेयर कट र घाँटीको ट्याटु ‘किलर लुक’का लागि काफी छ ।

 लिओनल मेसी

संसारकै लोकप्रिय फुटबल खेलाडीका रूपमा मेसीलाई लिने गरिन्छ । मेसीको हेयर स्टाइल जहिल्यै सामान्य हुन्छ । उनले आफ्नो कपाललाई फेसन आइकनको रूपमा कहिल्यै पेस गरेनन् । र यही सादगी उनका फ्यानलाई निकै मन पर्छ । मेसीको जस्तै हेयर स्टाइल बनाउन जेल र स्प्रे आवश्यक पर्दैन । उनी कपाललाई प्राकृतिक रूपमा जस्तो छ त्यस्तै छोड्न चाहन्छन् । एफसी बार्सिलोनालाई १० नम्बरको स्ट्राइकरका रूपमा उनले अनगिन्ती रेकर्ड बनाएका छन् । आफ्नो फुटबल करिअरमा ६ सयभन्दा बढी गोल गर्ने मेसीको लामो र छोटो कपाल दुवै ट्रेन्डमा छन् ।

 क्रिस्टियानो रोनाल्डो

रोनाल्डोबिना फुटबल र खेलाडीको चर्चा पूरा हुँदैन । उनी एक स्टाइलिस फुटबलर हुन् । रोनाल्डो यस्ता व्यक्ति हुन् जसको इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर छन् । अन्य खेलाडीको हेयर स्टाइल प्रत्येक वर्ष परिवर्तन भएर आउँछ तर रोनाल्डोको कपाल कटाइमा त्यति धेरै फरक देखिँदैन । तर पनि उनी आफ्नो कपालमा सानोसानो परिवर्तन गरेर नयाँ लुकमा देखिने गर्छन् । २०१८ मा रोनाल्डो बसैलाई चकित बनाउने दृश्यमा देखिएका छन् । उनको जस्तो हेयर स्टाइल बनाउन काइँयोले सिधा माथितिर कोरिएको छोटो कपाल बनाउनुपर्ने हुन्छ ।

 पाउल पोग्बा

फ्रान्सेली खेलाडी पाउल पोग्बाको हेयर स्टाइल सधैं विवादमा आउँछ । उनी पनि आफ्नो हेयर स्टाइललाई सधैं नयाँ नयाँ लुक दिन मन पराउँछन् । उनको छोटो कपालमा रङ प्रयोग भएको पनि हामी देख्न सक्छौं । कपालकै कारण चर्चामा आइरहने खेलाडी हुन् पोग्बा । आफ्नो देशको प्रिमियर लिग र म्यानचेस्टर युनाइटेडका लागि पनि उनी आफ्नो कपाल अर्थपूर्ण रङले सजाउने गर्छन् ।

 एनटोन ग्रिजम्यान

कुनैकुनै खेलाडीको हेयर स्टाइल असाधारण हुन्छ । र, यसमा फ्रान्सेली स्ट्राइकर ग्रिजम्यान अग्रपंक्तिमा छन् । उनको लामो आधी कालो र सेतो कपाल प्रायः हेडबेनले अड्काइएको हुन्छ । यो हेयर स्टाइलमा उनी निकै राम्रा देखिन्छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.