न्युजल्याण्डकी प्रधानमन्त्रीले जन्माइन् छोरी
एजेन्सी : न्युजल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले छोरी जन्माएकी छन् । प्रधानमन्त्री भएकै बेला सन्तान जन्माउनेमा आर्डेन विश्वको दोस्रो महिला प्रधानमन्त्री भएकी छन्। यसअघि सन् १९९० मा पाकिस्तानी प्रधानमन्त्री वेनिजिर भुट्टोले प्रधानमन्त्री पदमा रहँदै सन्तान जन्माएकी थिइन् ।
प्रधानमन्त्री जासिन्दा आर्डेनकाे यो पहिलो सन्तान हो । प्रधानमन्त्री आर्डेन अहिले ३७ वर्षकी भएकी छन् भने उनका श्रीमान क्लार्क गायफोर्ड ४० वर्षका छन् । उनीहरुले जन्माएको बच्चाको तौल ३.३१ किलोग्राम रहेको अस्पतालका अधिकारीहरूले जानकारी दिएका छन् ।
‘निश्चय नै बाबुआमा हुदाँ सिर्जना हुने उत्साह हामीले अहिले महसुस गरेका छौं, तर यही बेला हामीप्रति शुभेच्छा प्रकट गर्ने हाम्रा आफन्तजन तथा शुभेच्छुकप्रति पनि हामी कृतज्ञ छौ,’ आर्डेनले भनेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत् आफ्नो बच्चा स्वस्थ रहेको र राम्रो भइरहेको बताइन ।
‘राम्रो सेवा प्रदान गरेकोमा हामीले औकल्याण्ड सिटी अस्पतालको टोलीलाई विषेश धन्यवाद दिन चहान्छौं,’ उनले भनिन् । प्रधानमन्त्री आर्डेन र उनका श्रीमान क्लार्क गायफोर्डले सामाजिक सञ्जालमा लेखेका छन् ः ‘वी वान’ तिमीलाई हाम्रो गाउँमा स्वागत छ। अहिले हामी आफूलाई निकै भाग्यमानी ठानिरहेका छौँ।
आर्डेन र गायफोर्डले आफ्नो बच्चाको लैङ्गिक पहिचान पहिले नै थाहा पाएको भएपनि गोप्य राख्ने निर्णय गरेका थिए । आर्डेन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धन बनाएपछि न्यूजिल्याण्डकी सन् १८५६ यता कै सबैभन्दा कान्छी प्रधानमन्त्री भएकी थिइन्। भने गर्भवती भएपछि उनी पदीय जिम्मेवारीमा निश्क्रिय रहेकी थिइन् ।
छोरीलाई जन्म दिएपछि आर्डर्नले सुत्केरी बिदा लिएकी छन्। अस्पताल जानुअघि उनले उपप्रधानमन्त्री विन्स्टन पिटर्सलाई आफ्ना जिम्मेवारी सुम्पिएकी छन्।तर उनले आफू छ साताको सुत्केरी बिदामा रहेको बेलापनि मन्त्रिपरिषद्को दस्तावेजहरूको अध्ययन गर्ने बताएकी छन्।
आमा बनेको सामाचार सार्वजनिक भएपछि उनलाई न्यूजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेर क्लार्क र अस्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुल लगायतका व्यक्तिबाट बधाइको ओइरो लाग्न थालेको छ।