यसकारण खानुपर्छ गर्भवतीले तुलसी

यसकारण खानुपर्छ गर्भवतीले तुलसी

एजेन्सी : तुलसी एक बहुगुणी वनस्पति हो।यसको धेरैजसो रोगको उपचारमा प्रयोग गरिन्छ।अौषधीय गुण भएको तुलसी गर्भवती महिलाका लागि वरदान मानिन्छ।गर्भवती अवस्थामा यसको नियमित सेवन गर्दा संक्रमण हुनबाट बचाउँछ।

यसको पातमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ।यसको साथै नियमित सेवनबाट रोग प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ। तुलसी पातहरुमा विभिन्न रोगको उपचार गर्ने शक्ति हुन्छ।यसको पातमा एन्टी ब्याक्टेरियल,एन्टी भाइरल र एन्टी फंगल गुण प्रशस्त मात्रा पाइन्छ।

खानामा अरुचि भएमा तुलसीको पातको लेदोमा अदुवाको रस मिलाइ खाँदा अरुचि हटेर जान्छ। त्यस्तै तुलसीको पातको रस घाउ खटिरामा लगाउँदा छिटो सञ्चो हुन्छ। तुलसीको पात र बेसारको धूलोलाई मिश्रित गरी बनाएको मलम घाउ खटिरा एवं काटेको ठाउँमा लगाउँदा छिट्टै सन्चो हुन्छ। 

तुलसीको पात पिसेर बनाएको लेदोलाई घाउ खटिरामा लगाउँदा चिलाउने, दुख्ने, पोल्ने कम हुन्छ। बिहान खाली पेटमा तुलसीको पात चियामा राखेर पिउँदा पेट दुख्ने वा पोल्ने कम हुन्छ।

गर्भवती अवस्थाका महिलालाई भाइरल तथा संक्रमणले बढी सताउने गर्छ।त्यसैले यस्ता रोगबाट बच्न गर्भवती महिलाले नियमित तुलसी सेवन गर्दा फाइदा हुन्छ।

यस्ता फाइदा हुन्छन्

 नियमित तुलसीको दुईवटा पातहरु खाँदा शरीरमा रगतको कमी हुनबाट बचाउँछ।गर्भावस्थामा प्रायजसो महिला एनिमियाको शिकार हुनेगर्छन्।एनिमियाबाट बच्न तुलसीको सेवन गर्नुपर्छ।

- तुलसीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ। भिटामिन गर्भको शिशुको वृद्धि विकासका लागि आवश्य तत्व हो।

-तुलसीको पातमा म्याग्नेसियमको मात्रा पनि प्रशस्त रहेको हुन्छ। यसले बच्चाको हड्डी विकासका लागि आवश्यक काम गर्छ। 

- तुलसीको पातमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ। यसले आमा र गर्भमा रहेको शिशु दुवैको संक्रमण हुनबाट बचाउँछ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.