नदी खन्दै गर्दा जेसीबी नियन्त्रणमा

नदी खन्दै गर्दा जेसीबी नियन्त्रणमा

दमौली : तनहुँ प्रहरीले नदीमा उत्खनन गरेर सेती नदीबाट बालुवा झिक्दै गरेको जेसीबीलाई म्याग्दे गाउँपालिका ५ बाँदरकुनाबाट नियन्त्रणमा लिएको छ ।

बिहीबार मध्यरातमा नदीबाट अवैध रुपमा नदीबाट बालुवा झिकिएको सूचनाका आधारमा गएको प्रहरी टोलीले  सेतीबाट बालुवा झिकेर लोड गर्दै गरेको अवस्थामा तीन ट्रिपरलाईसमेत नियन्त्रणमा लिएको छ ।

प्रहरीले बालुवा झिक्ने काममा संलग्न ग १ क ३१८४ नम्बरको जेसीबीसँगै चालक म्याग्दे ४ का  २१ वर्षीय अजय लामा ग १ क ३५४० नं. को टिप्पर र चालक म्याग्दे गाउँपालिका ४ का २२ वर्षीय भरत विक, ग १ क २९७६ नम्बरको टिप्पर र चालक सोही ठाउँका १९  वर्षीय केशबहादुर विक र ग १ क २४१५ नं. को टिप्पर र चालक म्याग्दे ४ का  राजेश थापालाई पक्रेको छ ।

पक्राउ परेका सबैलाई जिल्ला समन्वय समितिमा बुझाइएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.