विश्वकप : सर्बियामाथि स्विट्जरल्याण्डको संघर्षपूर्ण जित
काठमाडौं फिफा विश्वकको समूह ‘ई’ अन्तरगत शुक्रबार राति भएको सर्बिया र स्विट्जरल्याण्डबीचको खेलमा स्विट्जरल्याण्ड विजयी भएको छ ।
अघिल्लो खेलमा ब्राजिलसँग १–१ को बराबरी खेलेको स्विट्जरल्याण्डले सर्बियामाथि २–१ को जित हात पार्दै अन्तिम १६ को सम्भावना बलियो बनाएको छ ।
खेलमा अग्रता भने सर्बियाले बनाएको थियो ५ मिनेटमै अलेक्जेण्डर मित्रोभिचले गोल गरी सर्बियालाई १–० को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० ले पछि परेको स्विट्जरल्याण्डका लागि ५२ औं मिनेटमा मिडफिल्डर ग्रानि शाकाले गोल गरी खेल बराबरीमा पु¥याए । ९० औं मिनेटमा जेर्डन शाकीरीले गोल गर्दा स्विट्जरल्याण्डको जितको हकदार बन्यो ।
जितसँगै ४ अंकप्राप्त गरी स्विट्जरल्याण्ड समूह ई को दोस्रो स्थानमा रहेको छ । शुक्रबार नै कोस्टारिकामाथि २–० को जित निकालेको ब्राजिल गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।