सहकारी बैंकको नायव महाप्रबन्धकमा गुरागाईं नियुक्त
काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धकमा बद्रिकुमार गुरागाईं छनौट भएका छन् । बैंक पदपूर्ति उपसमितिले उन्लाई असार ११ गते देखि लागु हुने गरी २ बर्षका लागि नायव महाप्रबन्धक पदमा नियुक्त गरेको हो । चार्टर्ड अकाउन्टेड समेत रहेका गुरागाईं सहकारी तथा बैंक क्षेत्रमा क्षेत्रमा १० बर्ष लामो अनुभव संगालेका छन् । गुरागाई बिगतमा समेत बैंकमा ३ बर्ष भन्दा बढी नायव महाप्रबन्धक पदमा रही काम गरेका थिए ।
बैंकले २०७४ कार्तिकमा पहिलो पटक नायव महाप्रबन्धक पदमा नियुक्तिका लागि खुल्ला प्रतिस्पर्धाको विज्ञापन खुलाएको थियो।
आज बैंकको कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंकका प्रबन्ध संचालक केवी उप्रेती सहित बैंक उच्च ब्यबस्थापनका कर्मचारीहरुले कर्पोरेट कार्यालयमा शुक्रबार स्वागत गरेका थिए ।