कविता : हाटमा उभिएर
यसकै दृश्यमा बिलाएर
यसकै आवाजमा पुुरिएर
पढिरहेछुु यो हाटलाई म
अथवा
सुुनिरहेको छुु ।
– यो भालेको कति ?
– म त जान्नँ ।
– जेसुुकै होस् ।
– पल्लोपट्टि हेर न !
– हिजो बिहान ।
– कस्तो मोटाएको ?
– सुुत्नै सकिएन ।
वर्षातले कुुटेको खोलाको झैं आवाजमा दौडिरहेको यो हाट
हरेक बोलीमा एक कुुची चित्र कोर्छ ।
तर, बुुझ्दैन आफ्नै अनुुहार यो गन्जागोल
चिन्दैन आफ्नै तस्बिर यो व्यस्तता
बोलिरहन्छ केवल
आफैंलाई सम्बोधन गरेर—
– अलि पर्तिर सर न ।
– खोलापारि ।
– तीन सय बीस ।
– केही टुुंगो छैन ।
– पोहोरकै ठाउँमा ।
– भोलिदेखि ।
– कोसँग ?
– कहाँ सुुत्यौ ?
– आफ्नै बारीको हो ।
यी शब्दहरू टिपेर कविताको एक झोला बीउ बटुुल्न सकिएला,
यहाँका हरेक वाक्यमाथि टेकेर
जीवन एक खुुड्किलो मास्तिर चढिरहेको होला
तर,
दुुःख बेच्ने र सपना किन्ने होडमा तल्लीन शब्दहरू,
आफ्नै अनुुहारमा फेरिइरहेका रङको पनि वास्ता गर्दैनन् ।
केवल बोलिरहन्छन् आफैंले कहिल्यै नसोचेका संवादहरू ।
– एकछिन यहीँ बसौं ।
– क्या मान्छे होला ।
– एकपल्ट हेर्नुुपर्छ ।
– कहाँको हो ?
– त्यसरी काँ हुुन्छ ?
– तातो पानी ?
– कस्ती थिई ?
– सबैतिर हैन ।
– कति बेला जाने ?
– मुुढामा ।
आ–आफ्नो चासोमा निमग्न स्वरहरू
आ–आफ्ना संगीतको सिर्जना गर्छन् र
जीवनका एकएक लय लिएर फिर्छन् ।
– आज केही पनि छैन ।
– त्यति त नपर्नुु पर्ने !
– साह्रै गलियो ।
– अस्ति पनि त्यस्तै थियो ।
– चिया नखाऊँ ।
– पल्ला घरमा ।
के यो हाटलाई उबाटै झिकिएको
कुुनै कविता बुुझ्ने गरी सुुनाउन सकिएला ?
उसकै सपनाको आकाशभरि कुुँदिएका चित्र बुुझाउन सकिएला ?
उसकै क्रन्दन र हाँसो मिसाएर बुुनिएको संगीतमा मग्न बनाउन सकिएला ?
एकएक मान्छे झिकेर सुुन्दा जीवन बोलिरहेको यो हाट
मान्छे जोडिएर विकराल अस्पष्टता भट्याइरहेको छ ।
कञ्चन जीवनहरूको नदी भीडबाट निलिएको छ
मान्छे मान्छेभित्रै बिलाएको छ ।
भीड बनेपछि मान्छे
मान्छे नरहने रहेछ ।
के जनता भनेको पनि हाट नै हो ?
जो एक्लैमा मान्छे र
समूहमा भयानक क्लिष्टता भएर बाँच्दछ ?