अन्तर्राष्ट्रिय महोत्सवमा ‘उपियाँको निबन्ध’

अन्तर्राष्ट्रिय महोत्सवमा ‘उपियाँको निबन्ध’

काठमाडौं  : भारतको कोलकाता इन्टरनेसनल चिल्ड्रेन थिएटर फेस्टिभलमा नेपालको तर्फबाट नाटक ‘उपिया“को निबन्ध’ मञ्चन भएको छ । रंगकर्मी केदार श्रेष्ठ लिखित तथा निर्देशित नाटकको यो ४०औं मञ्चन हो ।

कोलकाताका रंगकर्मी, कलाकर्मी, राजनीतिज्ञलगायत विशिष्ट अतिथि तथा नेपाली समुदायसहितको समारोहमा नाटक मञ्चन भएको हो । नाटक ‘उपिया“को निबन्ध’ थिएटर मल, प्रेरणा विद्या श्रम हरिसिद्धि र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले संयुक्त रूपमा तयार पारेको हो ।

दर्शक तथा समीक्षकले नाटकबारे उत्साहजनक प्रतिक्रिया दिएको बताउ“दै प्रेरणा विद्या श्रमका प्रधानाध्यापक तथा नाटकका कार्यकारी निर्माता हीराबहादुर महर्जनले भने, ‘बंगलादेशको शिल्प कला नाट्य महोत्सव र भारतकै नन्दीपुर नाट्य महोत्सवको समेत हामीले निमन्त्रणा पाएका छौं ।’

नेपाली नाटक हेर्न कोलकाताका पूर्वमन्त्री मदन मित्र, कोलकाताका लागि नेपालका महावाणिज्य दूत एकराज अर्याल उपस्थित थिए । नाटकपछि नाट्य उत्सवको आयोजक एसो नाटक सिखीका निर्देशक तपास दासले नेपालको नाटक जीवन्त र उत्कृष्ट रहेको उल्लेख गरे ।

त्यस्तै कोलकाताका लागि नेपाली महावाणिज्य दूत एकराज अर्यालले कोलकाताको महोत्सवमा नेपाली नाटक मञ्चन हुनु कोलकातावासी नेपालीको लागि गर्वको विषय बनेको उल्लेख गरे।

यसअघि यो नाटक २०६८ मा राष्ट्रिय बाल नाटक महोत्सवमा पहिलोपटक मञ्चन गरेको थियो । त्यस्तै २०६९ मा मण्डला थिएटरमा भएको बालनाटक मेलामा चार मञ्चन भएको थियो । नियमित मञ्चनको रूपमा थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले २०७३ मा थिएटर मल नाटकघरमा ३४ मञ्चन गरेको थियो ।

स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथा हो नाटक ‘उपिया“को निबन्ध’ । परम्परागत शिक्षकको दबाब, आक्रोश र त्रासका बीच एक बालकले अबोध रूपमा गरेको चतु¥याइँलाई बालमनोविज्ञानको ऐनामार्फत देख्ने प्रयत्न नाटकमा हेर्न सकिन्छ । यस नाटकको मूल समस्या र समाधान भनेकै बालकको निर्दोष चतु¥याइँपछि शिक्षकको प्रतिक्रिया हो ।

नाटकमा सकिना, कीर्ति, जब्बु, सर्जिला, दिया, योगेश, एलेक्स, आयुश, अडिन, कृष्णा, रोनिक महर्जन, निर्देश केसी र लुमन्ती डंगोलले अभिनय गरेका थिए । राजेश थापाको संगीत रहेको नाटकको परिकल्पना निर्देशक श्रेष्ठले नै गरेका हुन् ।

नेपाल, भारत, दक्षिण अफ्रिका, मेक्सिको, श्रीलंकालगायत आठ देश सहभागी भएको नाट्य महोत्सवमा १६ वटा नाटक मञ्चन भएका छन् । नेपालबाट गार्डेन थिएटरको चे शंकर निर्देशित नाटक ‘मिस्टर फक्स एन्ड स्कुल बोय’ पनि महोत्सवमा मञ्चन भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.