अन्नपूर्णकर्मी उप्रेती सम्मानित
काठमाडौं : अन्नपूर्णपोष्टका गोरखा सम्वाददाता शिव उप्रेती सम्मानित भएका छन् । गोरखाको चुम उपत्यका लगायत हिमाली क्षेत्रको विषयमा दसौंबर्षदेखि उल्लेखनीय रिपोर्टिङ गरी सो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गरेको भन्दै चुम उपत्यकाको चुम कल्याण समितिले सम्मान गरेको हो ।
नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा भएको समारोहमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले प्रसंसापत्र प्रदान गरी सम्मान गरेका सो समितिका अध्यक्ष निमा लामाले जानकारी दिए ।