साढे ३३ किलो सुन तस्करी प्रकरण: उद्यमी सञ्जय खेतान पक्राउ
काठमाडौं: साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा गृहमन्त्रालयले बनाएको छानबिन समितिले उद्यमी सञ्जय खेतानलार्इ पक्राउ गरेको छ ।
खेतानलार्इ सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेकाहरूकै बयानपछि गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले पक्राउ गरेको हो । समितिले विमल पोद्दार समुहका सदस्यका रूपमाा सुन तस्करीमा संलग्न भएको अभियोगमा पक्राउ गरी हिरासमा लिएको हो ।
गृहमन्त्रालयले गठन गरेको छानबिन समितिको अनुसन्धानमा खेतानको हाल जेलमा रहेका डेविट उपनामकाभ वाङ्गेल घलेसँग बाक्लो सम्पर्क देखिएपछि पक्राउ गरिएको हो ।
यसअघि छानबिन समितिले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ रेस्टुरेन्टका सञ्चालक अकबर शाहलाई पनि पक्राउ गरेर हिरासतमा लिएको थियो । खेतान हुन्डी कारोबारमा संलग्न पोद्दारका व्यापारिक साझेदार पनि रहेको खुलेको छ । समितिले पोद्दारको अपार्टमेन्टबाट उनीसम्बद्ध कागजात पनि नियन्त्रणमा लिइसकेको छ ।