पहिलो हाफमा गोल वर्षा : बेल्जियम ३, ट्युनिसिया १
मस्को : रुस विश्वकप अन्तर्गत शनिबार भएको बेल्जियम र ट्युनिसियाको खेल रोचक बनेको छ। पहिलो हाफमा चार गोल भइसकेको छ।
समूह जीको बेल्जियमले ३ गोल गर्दा ट्युनिसियाले १ गोल गरेको छ। खेल सुरु भएको ६ मिनेटबाट गोलको खाता खुलेको हो। पहिलो गोल पेनाल्टीबाट बेल्जियमका इजन हजार्डले गरे। दोस्रो गोल १६ मिनेटमै बेल्जियमका लुकाकुले गरे। तेस्रो गोल भने ट्युनिसियाका लागि १८ औँ मिनेटमा डिलान ब्रोनले गरे भने चौथो गोल बेल्जियमै लुकाकुले पहिलो हाफको थपिएको चौथो मिनेटमा गरेका हुन्।
शनिबारको खेलमा जित निकाले बेल्जियम अन्तिम १६ मा पुग्ने छ। उसले पहिलो खेलमा पानामालाई ३-० ले पराजित गरेको थियो। ट्युनिसिया भने पहिलो खेलमा इंग्ल्याण्डसँग २-१ ले पराजित भएको थियो।