तातोपानी र रसुवागढीको मितेरी पुलको पुनर्निर्माणमा तिब्रता दिइने सहमति

तातोपानी र रसुवागढीको मितेरी पुलको पुनर्निर्माणमा तिब्रता दिइने सहमति

                                                          चिनियाँ व्यापारीलाई ओलीको नेपालमा लगानी गर्न आह्वान 

 

काठमाडौं :  तातोपानी र रसुवागढीको मितेरी पुलको पुनर्निर्माणमा तिब्रता दिने विषयमा दुवै पक्षका सहमत भएका छन् । चीन र नेपालीबीच तातोपानी र रसुवागढीको मितेरी पुलको सम्बन्धमा भएको दुईपक्षिय सम्झौता अनुसार पुनर्निर्माणमा तिब्रता दिने सहमति भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा भ्रमणमा क्रममा भएको स्वशासित क्षेत्र तिब्बतका अध्यक्ष क्यु जालासँगको वार्तामा तातोपानी र रसुवागढी पुल पुनर्निर्माणलाई तिव्रता दिने सहमति भएको छ ।

नेपालको उच्च हिमाली भेगमा कृषिको विकासमा समन्वय गर्ने, जडीबुडी खेती, औषधीजन्य खेतीमा सहकार्य गर्ने विषयमा दुईपक्षिय सहमति भएको छ । नेपाल र तिब्बतबीच दुईपक्षिय संयन्त्र बनाएर व्यापार, पर्यटन र भंसारलाई रेगुलेट गर्ने विषयमा पनि तिब्बत र नेपाल सहमत भएका छन् ।

 नेपाली महावाणिज्यदुतवास ल्हासा तिब्बतले जारीको प्रेस विज्ञप्तिमा  रुसुवागढी– केरुङ  नाका प्रभावकारी सञ्चालन गर्ने विषयमा सहमति भएको उल्लेख गरिएको छ । यस्तै सीमापार व्यापार आदानप्रदानमा सहजीकरण र उक्त क्षेत्रका बासिन्दाको जीवनस्तर सुधार गर्न समेत दुवै पक्ष गम्भीर देखिएका छन् ।

 प्रधानमन्त्री ओलीले नेपाली लगानीका लागि चिनियाँ लगानीकर्तालाई आह्वान गरेका छन् । उनले उर्जा, सडक, रेल्वे, औद्योगिक ग्राम, चीन–नेपाल सांस्कृतिक मैत्री ग्राम निर्माण आह्वान गरेका छन् ।

 यसैबीच राससका अनुसार चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली महावाणिज्यदूतावास ल्हासाले आयोजना गरेको रात्रिभोजमा सरिक भएका छन् । नेपाली नेपाली वाणिज्यदूत गोविन्दबहादुर कार्कीले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल र ल्हासामा रहेका नेपालीको समेत सहभागिता थियो । रात्रिभोजमा प्रधानमन्त्री ओली बसेको होटल सांग्रिलामा आयोजना गरिएको थियो । 

रात्री भोजको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सो अवसरमा नेपाली समुदायसँग संक्षिप्त छलफल गरे । प्रधानमन्त्री ओलीका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका बारेमा प्रकाश पारेका थिए । तिब्बत जनसरकारका उपमन्त्री लिउ झाङले नेपाल–चीन सम्बन्धबारे  प्रकाश पर्दै आगामी दिन सम्बन्धलाई थप मित्रवत र प्रगाढ बनाउँदै लैजाने वचनबद्धता प्रकट गरे । 

कृषि परियोजना अवलोकन

 प्रधानमन्त्री ओलीलगायतको नेपाली प्रतिनिधिमण्डलले क्यूशी काउन्टीमा रहेको ‘चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को शनिबार अवलोकन  गरेका छन् । तिब्बत जनसरकारले तिब्बतमा आधुनिक कृषि प्रणाली अपनाउन ‘पाइलट जोन’ बनाएको हो । कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउने र धेरै भन्दा धेरैलाई रोजगारी प्रदान गर्ने लक्ष्यका साथ तिब्बत जनसरकारले काम गरिरहेको छ । 

यसैगरी, प्रधानमन्त्री ओलीले ‘फोर सिजन ह्याप्पी भिलेज’ पुगेर त्यस गाउँका बारेमा पनि जानकारी दिएका थिए  । चिनियाँ कम्युनिस्ट पार्टीले स्थापना गरेको सो एकीकृत गाउँ पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । 

पोताला दरबार र जोखान मन्दिरको भ्रमण

 नेपाली प्रतिनिधिमण्डलले पोताला दरबार र जोखान मन्दिरको भ्रमण गरेको थियो । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका नेपाली प्रतिनिधि भ्रमणमा सहभागी थिए ।

 विश्व सम्पदा सूचीमा सन १९९४ मा सूचीकृत पोताला दरबार राजा स्रङचङ गम्पोले एक हजार ३०० वर्ष पहिले निर्माण गरेका थिए । यस्तै, विश्व सम्पदा सूचीमा रहेको जोखान मन्दिर तिब्बतको प्रमुख आर्कषण हो । चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आइतबार बिहान स्वदेश फर्कने  कार्यक्रम रहेको  छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.