राष्ट्रिय कविता महोत्सवमा फूलमान वल प्रथम

राष्ट्रिय कविता महोत्सवमा फूलमान वल प्रथम

काठमाडौं : राष्ट्रिय कविता महोत्सवमा कवि एवम् पत्रकार फूलमान वल प्रथम भएका छन्। काभ्रेपलान्चोक जिल्लाका कवि वलले ‘इन्द्रेणीको गीत’ शीर्षकको कविता वाचन गरेका थिए। रित पुगेका दुई सय २९ कविताबाट छानिएका ३६ कविलाई पछि पार्दै बल प्रथम भएका हुन्। 

प्रतियोगितामा धादिङकी सुनिता खनाल द्वितीय भइन्। उनले ‘श्यामश्वेत फोटो’ शीर्षकको कविता वाचन गरेकी थिइन्। 

त्यसैगरी तेह्रथुमकी एलिना दुलाल, रामेछापका जीवन खत्री, मोरङकी मेनुका चापागाईं तृतीय भए। दुलालले ‘लाहुरेकी स्वास्नी’, खत्रीले ‘एउटा अर्को प्यास’ र चापागाईंले ‘बिराएछु बाटो’ शीर्षकको कविता वाचन गरेका थिए। 

२०२२ सालदेखि नेपाल प्रज्ञा प्रतिष्ठान हरेक वार्षिकोत्सवमा असार ९ गते राष्ट्रिय कविता महोत्सव गर्दै आएको छ।  प्राज्ञ सभा सदस्य शशी लुमुम्बुका अनुसार प्रथमले ३० हजार र स्वर्ण पदक, द्वितीयले २५ हजार र रजत पदक पाउनेछन् भने तेस्रो स्थान प्राप्त गर्ने तीन जनाले २० हजार नगद र कास्य पदक पाउनेछन्। 

राष्ट्रिय कविता महोत्सवको निर्णायकमा डा. हेमनाथ पौडेल, प्रा.डा. गोपिन्द्र पौडेल, प्रा जगत उपाध्याय ‘प्रेक्षित’, मञ्जु काचुली र कृष्ण प्रधान थिए। पुरस्कार वितरण भने राष्ट्रपतिसँग समय मागेर उचित समयमा राष्ट्रपति भवनमै प्रदान गरिने जानकारी लुमुम्बुले दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.