लुकाकु र हाडाजले दुई-दुई गोल गर्दा बेल्जियम ५-२ ले विजयी

लुकाकु र हाडाजले दुई-दुई गोल गर्दा बेल्जियम ५-२ ले विजयी

मस्को : इडन हाजाड र रोमेलु लुकाकु चम्किएपछि बेल्जियमले रुस विश्वकपमा गोलको वर्षा नै गरेको छ। समूह ‘जी’ अन्तर्गत शनिबार बेलुका भएको खेलमा बेल्जियमले ट्युनिसियालाई ५-२ गोलले हरायो। 

बेल्जियमको यो लगातार दोस्रो जित हो। समूहको पहिलो खेलमा नव प्रवेशी पानामालाई ३-० गोलले हराएको बेल्जिमयले अघिल्लो चरणमा पुग्ने बलियो आधार खडा गरेको छ। 

खेलभर एकपक्षीय प्रर्दशन गरेको बेल्जिमयले छैटौं मिनेटमा पेनाल्टीमार्फत् खाता खोलेको थियो। बेल्जियमका लागि इडन हाजाड र रोमेलु लुकाकुले दुई-दुई गोल गरे। अर्को गोल मिची बात्सुआईले थपे। 

छैटौं मिनेटमा पाएको पेनाल्टीलाई हाजाडले सही सदुपयोग गर्दै टोलीको उत्साह बढाएका थिए। ट्युनिसियाका सायम बेनले हाजाडलाई फल हानेपछि बेल्जियमले पेनाल्टीको मौका पाएको थियो। टोलीका लागि दुई गोल गरेका हाजाडले अर्को गोल ५१ औं मिनेटमा गरे।

त्यसअघि लुकाकुले १६ औं र ४५ ओं मिनेटमा गोल गरेका थिए। लुकाकु जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पुगेका छन्। चार गोल गरिसकेका लुकाकुल पोर्चुगलका क्रिस्टियानो रोनाल्डोसँगै शीर्ष स्थानमा छन्। 

बेल्जियमको लय र लुकाकुको यही गति कायम रहे लुकाकु रुस विश्वकपमा गोल्डन बुटको प्रवल दाबेदार बन्ने देखिएको छ। खेलभर दर्जन संख्यामा पोस्ट् प्रहारको अवसर बनाएको बेल्जिमयमका लागि मिचीले दोस्रो हाफको इन्जुरी समयमा पाँचौं गोल गर्दै टोलीको जित शानदार बनाए।

यसैगरी ट्युनिसियाका लागि डाइलान ब्रोनले १८औं मिनेटमा गोलगर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। त्यसपछि लगातार दबाब झेलेको ट्युनिसियाले दोस्रो हाफको इन्जुरी समयमा दोस्रो सान्त्वना गोल फर्काएको थियो। उसका लागि वाहबी खाजरीले दोस्रो गोल गरे। जितसँगै ६ अंक बनाएको बेल्जियम समूहको शीर्ष स्थानमा छ। तीन अंक बनाएको इङ्ल्यान्ड दोस्रो स्थानमा छ। ट्युनिसिया र पानामाले खाता खोल्न सकेका छैनन्।

बलियो लयमा देखिएको बेल्जिमयको १३ औं विश्वकप सहभागिता हो। सन् १९३० मा पहिलो विश्वकपमै सहभागिता जनाएको बेल्जियम सन् १९८६ मा चौथो भएको थियो भने सन् २०१४ मा क्वार्टरफाइनलसम्म पुगेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.