मार्को रेयुसको गोलले स्विडेन–जर्मनी बराबरी

मार्को रेयुसको गोलले स्विडेन–जर्मनी बराबरी

काठमाडौँः मार्को रेयुसलले दोस्रो हाफको सुरुमै गोल गरेपछि स्विडेनविरुद्ध जर्मनीले बराबरी गर्न सफल भएको छ । स्विडेटको डि बक्समा अलमलिएको बललाई रेयुसले पोस्टको दिशा देखाएका हुन् । 

यो बराबरीले जर्मनीलाई केही राहत मिलेको छ । यसअघि साविक विजेता जर्मनी विश्वकपको समूह चरणको दोस्रो खेलको सुरुवात पछि परेको थियो । स्विडेनविरुद्धको पहिलो हाफमा गोल खाएपछि सन् २०१४ को विश्व विजेता पछि परेको थियो । 

दोस्रो हाफमा उसले स्विडेनविरुद्ध बराबरी होइन जित नै दर्ता गर्नुपर्ने अवस्थामा एक गोल फर्काएको हो । अग्रता दिलाउने क्रममा स्विडेनका लागि वला टोइभोनेनले काउन्टर एट्याकमा ३२ औँ मिनेटमा गोल गर्दै सनसनीपूर्ण अग्रता दिलाएका थिए ।

खेलको सुरुबाटै जर्मनीले दबाबमा राखे पनि पाएको केही मौकालाई सदुपयोग गर्दै स्विडेनले जर्मनीको पोस्टमा चार्ज गरिहेको छ। । त्यही क्रममा भिक्टोर क्लाएस्सोनको पासमा टोइभोननले ३२ औँ मिनेटमा गोल गर्न सफल भएका थिए । 

स्विडेनले त्यअघि पनि खेल सुरु भएको केकही बेरमै जर्मनीविरुद्ध गोलको गतिलो अवर गुमाएको थियो । जर्मनीले ७२ प्रतिशत बल पोजेसन बनाउन सके पनि गोल गर्न असफल रहेको छ । जर्मनीविरुद्ध पहिलो हाफको अन्तिम समयमा स्विडेनका मार्कुस ब्रेगले गरेको हेड बललाई म्यानुअल नुएरले पोस्टको दाहिनेतर्फ कठिन बचाउ गरेका थिए ।

स्विडेनविरुद्धको खेलमा जित दर्ता गराउन नसकेमा अंकबिहीन जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिने छ । जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो । 

मेक्सिकोले दक्षिणकोरियालाई आजै साँझ पराजित गर्दै ६ अंकसहित समूहको शीर्षस्थानमा उक्लिसकेको छ । यस्तोमा स्विडेनले जर्मनीलाई हराउन सकेमा ऊ पनि विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने छ । पहिलो खेल गुमाएको जर्मनी र आफ्नो पहिलो र दोस्रो खेल गुमाएको दक्षिण कोरियाले एक अंक पनि जोड्न सकेका छैनन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.