अन्तिम समयमा टोनी क्रुसको फ्रि किक गोलले जोगियो जर्मनी

अन्तिम समयमा टोनी क्रुसको फ्रि किक गोलले जोगियो जर्मनी

काठमाडौँः स्विडेनविरुद्धको खेलमा टोनी क्रुसले अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गरेपछि जर्मनी जोगिएको छ । जित्नै पर्ने दबाबका साथ मैदानमा उत्रेको जर्मनीले पहिले गोल खाएर पनि अन्तिममा आप्नो पक्षमा नतिजा पार्न सफल भएको हो । 

 खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएको अवस्थामा अतिरिक्त समयको पाँचौ मिनेटमा पाएको फ्रिकिकलाई टोनी क्रुसले सीधै स्विडेनको जाली चुमाएका थिए । 

यसअघि खेलको ३२ औँ मिनेटमा स्विडेनले अग्रता बनाएको थियो । स्विडेनलाई अग्रता दिलाउने क्रममा स्विडेनका लागि वला टोइभोनेनले काउन्टर एट्याकमा ३२ औँ मिनेटमा गोल गर्दै सनसनीपूर्ण अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको तेस्रो मिनेटमा मार्को रेयुसलले गोल गरेपछि स्विडेनविरुद्ध जर्मनीले बराबरी गर्न सफल भएको थियो । स्विडेटको डी बक्समा अलमलिएको बललाई रेयुसले पोस्टको दिशा देखाएका थिए । 

यसअघि साविक विजेता जर्मनी विश्वकपको समूह चरणको दोस्रो खेलको सुरुवात पछि परेको थियो । स्विडेनविरुद्धको पहिलो हाफमा गोल खाएपछि सन् २०१४ को विश्व विजेता पछि परेको थियो । 

तर खेल १–१ को बराबरीमा रहेको अवस्थामा जर्मनीका मिडफिल्डिर जेरोमे बोटेङले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए । त्यसपछि जर्मनी दबाबमा परेको थियो तर अन्तिममा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । 

७० औँ मिनेटमा पहिलो पहेँलो कार्ड भेट्टाएका बोटेङले स्विडेनका खेलाडीलाई लडाएपछि खेलको ८२ औँ मिनेटमा रेफ्रीले अर्को पहेँलो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए । 

पहिलो हाफमा गोल खाएपछि दोस्रो हाफमा उसले स्विडेनविरुद्ध बराबरी होइन जित नै दर्ता गर्नुपर्ने अवस्था अनुसार जर्मनीले नतिजा पनि निकालेको हो । स्विडेनले खेल सुरु भएको केकही बेरमै जर्मनीविरुद्ध गोलको गतिलो अवर गुमाएको थियो । जर्मनीले ७२ प्रतिशत बल पोजेसन बनाउन सकेको थियो । 

जर्मनीविरुद्ध पहिलो हाफको अन्तिम समयमा स्विडेनका मार्कुस ब्रेगले गरेको हेड बललाई म्यानुअल नुएरले पोस्टको दाहिनेतर्फ कठिन बचाउ गरेका थिए ।

स्विडेनविरुद्धको खेलमा जित दर्ता गराउन सफल भएपछि जर्मनीले २ खेलबाट ३ अंक बटुलेको छ, स्विडेनको पनि समान अंक छ । मेक्सिकोले २ खेलबाट ६ अंक बनाइसकेको छ । जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएको थियो । 

मेक्सिकोले दक्षिणकोरियालाई आजै साँझ पराजित गर्दै ६ अंकसहित समूहको शीर्षस्थानमा उक्लिसकेको छ । यस्तोमा अबको अन्तिम खेलमा जर्मनीले दक्षिण कोरियासँग खेल्नेछ भने स्विडेनले मेक्सिकोसँग । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.