अमेरिका-दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास रद्द
वासिङटन : अमेरिकको रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँग गरिने दुई संयुक्त सैन्य अभ्यास अनिश्चितकालका लागि रद्द गरिएको घोषणा गरेको छ । सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुन १२ मा भएको भेटवार्तामा भएको सहमतिपछि सैन्य अभ्यास तत्काल रद्दको निर्णय लिइएको पेन्टागनका प्रवक्ताले शुक्रबार जानकारी दिए ।
अमेरिकाले दक्षिण कोरियासँग अगस्टमा हुने सैन्य अभ्यास स्थगनको घोषणा गरेको हो । यसअघि अमेरिका-दक्षिण कोरियाले दुवैमध्ये कुनै पनि देशमा सैनिक आक्रमण भए त्यसको प्रतिरोध गर्न संयुक्त सैन्य अभ्यास आवश्यक रहेको बताउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस !
७