जितले हौसियाका जापान र सेनेगलको लक्ष्य अन्तिम १६

जितले हौसियाका जापान र सेनेगलको लक्ष्य अन्तिम १६

मस्को : विश्वक अन्तरगत आइतबार  समूह ‘एच’मा रहेका एसियाली टोली जापान र अफ्रिकी टोली सेनेगल एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छन् ।

 आफ्नो पहिलो खेलमा तुलनात्मक रुपमा बलिया मानिएका टोलीमाथि जित निकालेका यी दुई टोलीको मनोबल उच्च रहेको छ । जितले हौसिएको जापान र सेनेगललाई खेल केही सहज हुनेछ। 

यद्यपी पराजयले प्रिक्वार्टरफाइनल सम्भावना कमजोर हुने भएकाले दुवै टोलीले कम्तीमा बराबरीका लागि खेल्ने प्रयास गर्नेछन् । यस खेलमा जित्ने टोली  अन्तिम १६ का लागि बलियो दाबेदार बन्नेछ । 

बराबरीले मात्रैले पनि दुवै टोलीको अन्तिम १६ को सम्भावना बलियो  नै रहनेछ । विश्वकप फुटबलमा एकअर्काविरुद्ध जापान र सेनेगलले पनि पहिलोपटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

प्रभाव पार्न सक्ने खेलाडी 

युया ओसाका, जापान

जापानिज टोलीका स्ट्राइकर युया ओसाका प्रतिभाशाली फुटबलर हुन् । जर्मनीको दोस्रो डिभिजन क्लब कोल्नसँग अनुबन्ध रहेका उनी जापानिज टोलीमा युरोपेली क्लब फुटबलको अनुभव बटुल्ने खेलाडीमध्येका हुन् । जापानले रुस विश्वकपको पहिलो खेलमा बलियो टोली कोलम्बियासँग २-१ को जित हात पार्दा उनै ओसाकाले निर्णायक गोल गरेका थिए ।

खेल १-१ को बराबरीमा चलिरहेको अवस्थामा उनै ओसाकाले निर्णायक गोल गरेपछि जापानले पहिलो खेलमा बलियो टोलीसँग महत्वपूर्ण तीन अंक खोस्न सफल भएको थियो । लामो दूरीबाट सशक्त प्रहारमा गोल गर्नसक्ने क्षमताका खेलाडी उनी रुस विश्वकपमा जापानको महत्वपूर्ण स्ट्राइकरका रूपमा रहेका छन् ।

टोलीमा रहेका पुराना र युवा खेलाडीको मि श्रणमा राम्रोसँग जमेका खेलाडी पनि हुन्, उनी । प्रशिक्षकको रोजाइअनुसार मुख्य स्ट्राइकरभन्दा केहीपछि वा दायाँ विङ्समा प्रभावकारी देखिने ओसाका आफ्नो दोस्रो विश्वकप खेल्दैछन् । चार वर्षअघि ब्राजिल विश्वकपमा पनि अवसर पाएका उनले दुई खेल मात्रै खेलेका थिए । यसपटक आक्रामक मिडफिल्डरका रूपमा टोलीको महत्वपूर्ण सदस्य रहेका उनले बाँकी खेलमा समेत अवसर पाउने पक्का छ ।

उनले यही अवसरको सदुपयोग गर्दै जापानलाई रुस विश्वकपमा अझ अघि बढाउन निकै मेहनत पनि गर्ने नै छन् । उनको यही मेहनत रुस विश्वकपका बाँकी खेलहरूमा हेर्न लायकको हुनेछ । सन् २०१३ बाट जापानको राष्ट्रिय टोलीमा डेब्यु गरेका ओसाकाले हालसम्म ३० खेलबाट आठ गोल गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.