अर्जेन्टिनाका खेलाडीको टुंगो साम्पाओलीले होइन मेसी र अन्य खेलाडीले लगाउने

अर्जेन्टिनाका खेलाडीको टुंगो साम्पाओलीले होइन मेसी र अन्य खेलाडीले लगाउने

काठमाडौं : रुस विश्वकप फुटबलमा साविक उपविजेता अर्जेन्टिनाले कमजोर प्रदर्शन गरेको छ। पहिलो खेलमा आइसल्यान्डसँग १-१ को बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा क्रोएसियासँग ३-०ले पराजित भयो। 

अर्जेन्टिनाको पदर्शनमा खेलाडीको मात्र कमजोरी नभएर प्रशिक्षक जर्ज साम्पाओलीको ठूलो कमजोरी भएको भन्दै उनको चौतर्फी आलोचना भइरहेको छ। यही आलोचनापछि अर्जेन्टिनाले रुस विश्वकपको पहिलो चरणको अन्तिम खेलका लागि खेलाडीको छनोट प्रशिक्षकलाई मात्र नदिने भएको छ। 

यसअघि सबै खेलाडीको छनोट गर्ने र मैदानमा पठाउनेकाम प्रशिक्षकले गर्दै आएका भए पनि अब नाइजेरियासँगको खेलमा भने खेलाडीको छनोट कप्तान मेसी र अन्य खेलाडी आफैंले गर्ने भएका छन्। 

मंगलबार अर्जेन्टिनाले समूहचरणको अन्तिम खेल नाइजेरियासँग खेल्नेछ। यो खेलमा भारी गोल अन्तरले विजयी भए अर्जेन्टिनाको दोस्रो चरणको सम्भावना जीवितै रहन्छ। यद्यपी अर्जेन्टिनाले नाइजेरियालाई हराएर मात्र हुँदैन सोही दिन सोही समयमा हुने अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई पनि पराजित गर्नुपर्नेछ। 

कप्तान साम्पाओलीले खेलाडी छनोटमा ध्यान नदिएको भन्दै अर्जेन्टिना फुटबल एसोसिएसनका पदाधिकारी रुष्ट भएका छन्। खेलाडी छनोटमा विशेष ध्यान दिन प्रशिक्षकलाई ध्यानाकर्षण गराएपछि खेलाडी छनोटको जिम्मा मेसीसहितका खेलाडीलाई दिन सहमत भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 

प्रशिक्षक साम्पाओलीले क्रोएसियासँगको लज्जास्पद हारमा आफू पूर्ण जिम्मेवार भएको बताएका थिए। उनले खेलाडीलाई दोष थोपरेर आफू जोगिने ठाउँ नभएको समेत स्वीकार भने गरिसकेका छन्। ‘क्रोएसियासँगको हारमा आंशिक रूपमा होइन, पूर्ण रूपमा जिम्मेवार छु। गोलरक्षक काबाल्लेरोमाथि दोष थोपरेर हामी जोगिने ठाउँ छैन। हारको जिम्मेवारी हामी सबैले लिनै पर्छ। मैले सबै कुराको छुट्टाछुट्टै योजना बनाएको भए त्यसले भिन्दाभिन्दै रूपमा काम गर्न सक्दथ्यो’, हारपछि उनले भनेका थिए, ‘मैले इमानदारीपूर्वक यो सोचेँ कि, पक्कै पनि प्रतिद्वन्द्वीविरुद्ध हाम्रो टोलीले दबाब बनाउँछ। तर, पहिलो गोल खाएपछि हामी निकै तनावमा आयौं। अनावश्यक तनावमा आएपछि खेलमा फर्किन सकेनौं।’

 उनले अर्जेन्टिनाको मुख्य हतियार मेसी भएको तर, मेसीसम्म कसैले बल नै पुर्याउन नसकेको बताए। ‘हाम्रो टोलीको चालक (मुख्य हतियार) लियोनल मेसी हो तर, मेसीसम्म कसैले पनि बल पुर्‍याउनै सकेन’, उनले भनेका थिए, ‘हाम्रो टिम वर्कलाई क्रोएसियाले पूर्ण रूपमा विफल बनाइदियो र हामीमाथि हाबी पनि भयो।’ एजेन्सी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.