गाडी चलाउन पाए पनि अझैं पाँच अधिकारबाट बञ्‍चित छन् साउदी महिला

गाडी चलाउन पाए पनि अझैं पाँच अधिकारबाट बञ्‍चित छन् साउदी महिला

रियाद-साउदी : साउदी अरबका महिला आइतबारदेखि सवारी साधन चलाउन थालेका छन्। शनिबार शाही घोषणामार्फत् महिलालाई सवारी साधान चलाउन पाउने अधिकार दिएपछि महिला सवारी चलाउन थालेका हुन्। साउदी अरबका महिलालाई दिइएको उक्त अधिकारको विश्वभरका महिलाले खुशी व्यक्त गरेका छन्।

साउदी अरब, महिला ड्राइभिङमा प्रतिबन्ध हटाउने विश्वको दोस्रो देश भएको छ। देशकै एेतिहासिक दिन भन्दै आइतबार साउदीका महिलाले खुशी मनाएका छन्।राजधानी रियादसहितका प्रमुख सहरमा महिलाले बिहानैदेखि सवारी साधन गुडाएका छन्। वर्षौदेखि साउदी महिला नीजि तथा सार्वजनिक साधनमा यात्रुको रुपमा मात्र सवार गर्न बाध्य थिए।सवारी अनुमति पाएपछि अब साउदीका महिला कार हाकेर सडकमा उत्रनेछन्।

साउदीका युवराज मोहम्मद बिन सलमानले सेप्टेम्बर २०१७ मा महिला ड्राइभिङ प्रतिबन्ध हटाउने घोषणा गरेका थिए। यो घोषणा युवराज सलमानको 'भिजन २०३०' अन्तर्गत पर्छ। युवराजले जुन २०१८ भित्र उक्त नियम लागू गर्न आदेश दिएका थिए।

जेद्धाहकी हम्सा अल सोनोसीले बताएकी छिन्,' मैले मेरो सपनामा कहिल्यै सोचेकी थिएन कि म मेरो जीवनमा यो दिन हेर्न पाउँछु होला।' अरब एक कट्टरपन्थी देशको हो, जहाँ महिलाका लागि धेरै प्रतिबन्ध छन्। तर, साउदी युवराज सलमानको यो कदमको भने संसारभर प्रशंसा गरिएको छ।

अझैं पाँच अधिकारबाट बञ्‍चित

बैंकमा खाता खोल्न पाउँदैनन्
साउदीका महिलाले सवारी अनुमति पाए पनि बैंक खाता खोल्नबाट भने अझैं बञ्‍चित छन्। उनीहरु आफू खुसी खाता खाेल्न पाउँदैनन्। बैंक खाता खोल्नुपर्दा पुरुष अभिभावको अनुमति लिनुपर्छ।  त्यहाँको कानुनअनुसार प्रत्येक महिलाको एकजना पुरुष अभिभावक हुनुपर्छ।

विदेश यात्रा गर्न पाउँदैनन्

साउदी अरबका महिलालले देश बाहिर जानु परेमा पुरुष अभिभावको अनुमति लिनैपर्छ। पुरुष अभिभावकबाट सहमति लिनुपर्ने नियम महिलाको जीवनका विभिन्न पक्षसँग सम्बन्धित छन्।अध्ययन गर्न वा अौषधि उपचार गर्न पनि बाहिर जानुपर्दा  पुरुष अभिभावको अनुमति नलिइ हुँदैन। एक अभिभावको भूमिका बुवा, भाइ वा कोही अन्य पुरुषले निभाउने गर्छन्। यदि एकल महिलाको हकमा भने उसको छोरा अभिभावक हुनसक्छ। 

सम्बन्ध विच्छेद
बिबाह या सम्बन्ध विच्छेद गर्दा पुरुष अभिभावको अनुमति आवश्यक पर्छ। यदि छोरा सात वर्षभन्दा ठूलो र छोरी नौ वर्षको छ भने सम्बन्ध विच्छेद गर्दा महिलाले निकै सकस खेप्नुपर्छ।यस्तो बेलामा पुरुष अभिभावले कुनै पनि अनुमति नदिन पनि सक्छन्। 

रेष्टुराँमा पुरुषसँग बसेर खान पाउँदैनन्
साउदी अरबका महिलाले पुरुषसँग गएर रेष्टुराँमा खान पाउँदैनन्।खानै परे अलग-अलग ठाउँमा बसेर खान्छन्।  

आफूखुशी पहिरन लगाउन पाउँदैनन
साउदी अरबका महिला आफूखुशी पहिरन लगाएर सार्वजनिक स्थलमा जान पाउँदैनन्। सार्वजनिक ठाउँमा अनुहार छोप्न नपरे पनि पूरै शरीर छोप्ने लुगा भने लगाउनै पर्छ। नियममा नहिँड्ने महिलालाई त्यहाँको धार्मिक प्रचलन अनुसार कारबाही हुन्छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.