पानामाविरुद्ध इङ्ल्यान्ड ६-१ ले विजयी : ह्यारी केनको ह्याट्रिक
मस्को : विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत समूह जी को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्डले पनामाविरुद्ध गोलवर्षा नै गरेको छ। पहिलो हाफमा ५-० गोल अन्तगर बनाएको इङ्ल्यान्डले ९० मिनेट खेल्दा पनामामाथि ६-१ को जित दर्ता गरेको हो। इङ्ल्यान्डका लागि ह्यारी केनले ह्याट्रिक गरे भने जोन स्टोनले दुई गोल गरे।
सुरुवाती अग्रता दिलाउने क्रममा खेलको आठौँ मिनेटमा जोन स्टोनले हेडमार्फत् गोल गरेका थिए। किएरन ट्रिपिएरले दिएको हाई बललाई स्टोनले हेडमार्फत सीधै जालीको दिशा देखाएका थिए।
२२ औं मिनेटमा क्यानले पेनाल्टी गोल गरे भने ३६ औँ मिनेटमा जेजे लिङ्गाडले उत्कृष्ट गोल गरे। ४० औं मिनेटमा जोन स्टोनले अर्को गोल थपे। पहिलो हाफको थपिएको एक मिनेटमै केनले अर्को गोल गरे। केनको व्यक्तिगत दोस्रो गोलसँगै पहिलो हाफमा इङ्ल्यान्डले ५-०को अग्रता लिएको थियो।
दोस्रो हाफको ६२ औं मिनेटमा गोल गर्दै केनले ह्याट्रिक पूरा गरे। उनले ह्याट्रिक पूरा गर्दा इङ्ल्यान्डले ६-० बनाएको थियो। यद्यपी खेलको ७८ औं मिनेटमा पानामाका रिकार्डो गार्डियाले सान्तवना गोल फर्काए।
पढ्नुहाेस्
- विश्वकपमा इङ्ल्यान्डलाई रंगभेदको चिन्ता
- विश्वकपमा इङ्ल्यान्डको अनौठो कीर्तिमान
- इङ्ल्यान्डका प्रशिक्षक नै घाइते
- पनामाविरुद्ध आठौँ मिनेटमा इङ्ल्यान्डको अग्रता
- २२ औं मिनेटमा इङ्ल्यान्डको दोस्रो पेनाल्टी गोल
- ३६ मिनेटमा पानामाविरुद्ध इङ्ल्यान्डले गर्यो तीन गोल
- पहिलो हाफमा इङ्ल्यान्ड ५, पानामा शून्य
- ह्यारी केनको ह्याट्रिकले रोनाल्डो र लुकाकु पछि परे
यसअघि इङ्ल्यान्डले रुस विश्वकपको आफ्नो पहिलो खेलमा ट्युनिसियालाई २-१ गोलले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। सन् १९६६ मा उपाधि जितेयता विश्वकप फुटबलमा बारम्बार कमजोर प्रदर्शन गरेको इङ्ल्यान्डले रुस विश्वकपमा भने पहिलो खेलबाटै सशक्त प्रदर्शन गरेको छ।
इङ्ल्यान्डले पछिल्लो आठ खेलमा आफूलाई निरन्तर अपराजित राखेको छ। पानामाले भने आफ्नो पछिल्लो आठमध्ये मात्र एक खेलमा मात्र जित हात पारेको छ।सिरियाविरुद्धको खेलमा १७ राम्रा गोल अवसर सिर्जना गरेर पनि इङ्ल्यान्डलाई जितका लागि खेलको ‘इन्जुरी’ समयसम्म कुर्नु परेको थियो।