७८ मिनेटमा जापानले फर्कायो गोल : सेनेगलसँग २–२ बराबरी
मस्को : विश्वकप फुटबल अन्तर्गत आइतबारको दोस्रो खेलको ७८ मिनेटमा जापानले गोल गर्दै सेनेगलसँगको खेल बराबरीमा पुर्याएको छ । पहिलो हाफमा १–१बराबरी भएको थियो भने दोस्रो हाफको ७८ मिनेटमा २–२ बराबरी भएको छ ।
अफ्रिकी टोली सेनेगलले खेलको १२ औं मिनेटमा एसियाली टोली जापानमाथि एक गोल गरेको थियो । १२ औं मिनेटमा साडियो मानेले सेनेगललाई अग्रता दिलाएका थिए ।
जापानले ३४ औं मिनेटमा गोल फर्काएको थियो । ताकासी इन्उईले तीन डिफेन्डरलाई छलाएर उत्कृष्ट गोल गरेका हुन् । ७१ मिनेटमा भने सेनेगलका मौसा वाग्युले उत्कृष्ट गोल गर्दै खेल २–१ मा पुर्याएका हुन्। तर, त्यसको ७ मिनेटमै जापानका किसुकी होण्डाले उत्कृष्ट गोल गर्दै २२ को बराबरी बनाएका हुन् ।
अघिल्लो खेलमा समूह ‘एच’ को जापानले कोलम्बियामाथि जित दर्ता गरेको थियो भने सेनेगलले पोल्यान्डलाई पराजित गरेको थियो । दोस्रो चरण प्रवेशका लागि दुवै टिमलाई जित आवश्यक छ ।