एसईई नतिजा प्रकाशनमा त्रुटि

एसईई नतिजा प्रकाशनमा त्रुटि

काठमाडौं : करिब पाँच घण्टाको प्राविधिक कठिनाइपछि परीक्षा नियन्त्रण कार्यालयले शनिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा त्रुटि देखिएको छ । धेरै जीपीए आएका परीक्षार्थीको नतिजा त्रुटिका कारण थोरै देखिएको थियो । तर आइतबार पनिका आफैंले उक्त त्रुटि पत्ता लगाएर सच्याएपछि परीक्षार्थीको नतिजा वृद्धि भएको छ ।

पनिकाको प्राविधिक शाखाका इन्जिनियरले परीक्षार्थीको प्राप्तांकलाई कम्प्युटरमा इन्ट्री गर्ने क्रममा त्रुटि भएपछि केही परीक्षार्थीको नतिजा कम देखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्गीले बताए । आइतबार उक्त समस्याको समाधान भइसकेको पनि रेग्मीले जानकारी दिए ।

एसईई नतिजालाई अधिकतम चार जीपीए मानेर नौ तहमा वर्गीकरण गरी सार्वजनिक गरिएको थियो । यसरी वर्गीकरण गर्ने क्रममा एक नम्बरदेखि २० सम्म ल्याउनेलाई सबै भन्दा थोरै ग्रेड र नब्बेदेखि सयसम्म अंक ल्याउनेलाई अधिकतम ग्रेड दिइएको थियो ।

‘उदाहरणका लागि ६० देखि ६९ सम्म अंक ल्याउने विद्यार्थीलाई कुनै ग्रेड दिइएको थियो र ७० देखि ७९ सम्म अंक ल्याउनेलाई अर्को ग्रेड दिइएको थियो । तर कम्प्युटरमा परीक्षाफल इन्ट्री गराउने क्रममा ७० देखि ७९ हुनुपर्नेमा ७१ देखि ७९ सम्म भएछ’, पनिका स्रोतले भन्यो, ‘यो हिसाबले हेर्दा ८० नम्बर ल्याउने परीक्षार्थीको अंक पनि ७९ मै गणना भयो । जसले परीक्षार्थीको प्राप्तांकलाई असर पारिदियो ।’

यो त्रुटिका कारण कति परीक्षार्थीको नतिजा वृद्धि भयो भन्ने यकिन तथ्यांक पनिकाले निकालेको छैन । त्रुटिका कारण परीक्षार्थीले पाएको अंकलाई तल्लो ग्रेडमा राखिएकोले त्रुटि सच्चिएपछि नतिजा वृद्धि मात्र हुने तर नघट्ने नियन्त्रक रेग्मीले बताए ।

शनिबारको नतिजामा तीन दशमलब ८५ जीपीए ल्याएका धादिङ त्रिपुरासुन्दरी गाउँपालिकास्थित सल्यान्टार माध्यमिक विद्यालयका स्वप्निलराज पाण्डेले भने, ‘आइतबार पनिकाको त्रुटि सच्चिएको सूचना पढेर फेरि नतिजा हेर्दा तीन दशमलव नौ आएको रहेछ ।’

पनिकाले नतिजा प्रकाशन गर्न शनिबार दिउँसो तीन बजे बोर्ड बैठक बोलाएको भएपनि प्राविधिक कठिनाइका कारण साझ आठ बजे मात्र नतिजा प्रकाशन गरेको थियो । विगतमा लामो समयसम्म प्राविधिक शाखामा काम गरेर अनुभव हासिल गरेका इन्जिनियर बढुवा भएर अन्यत्रै सरुवा भएको तथा नयाँ आएका इन्जिनियरलाई पनिकाको सफ्टवयरमा अनुभव नभएका कारण नतिजा प्रकाशनमा समस्या आएको पनिकाले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.