कुन विषय पढ्न कति जीपीए

कुन विषय पढ्न कति जीपीए

काठमाडौं : ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक भएपनि माध्यमकि शिक्षा परीक्षा (एसर्इर्इ) उत्तीर्ण गरेका सबै विद्यार्थीले रोजे अनुसारको विषय पढ्न नपाउने भएका छन्।

विद्यार्थीलाई उत्तीर्ण र अनुत्तीर्ण गराउने परम्पराको अन्त्य गर्दै ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरिएको भएपनि विद्यार्थीले विषयगत र समग्रमा प्राप्त जीपीएको आधारमा मात्र विषय छनोट भर्ना हुन पाउने भएका छन्।

तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद, पाठ्यक्रम विकास केन्द्र र सरोकारवाला निकायको संयुक्त पहलमा तयार गरिएको विद्यार्थी भर्ना सम्बन्धी मापदण्ड अनुसार कक्षा एघारमा फिजिक्स, केमेष्ट्री, बायोलोजी, म्याथमेटिक्स, कम्प्युटर साइन्स, एग्रिकल्चर विषयमा भर्ना हुन चाहने विद्यार्थीले न्यूनतम ग्रेड प्वाइन्ट एभरेज (जीपीए) दुई ल्याएकै हुनुपर्नेछ।

त्यसबाहेक सम्बन्धित विद्यार्थीले एसइइ परीक्षामा विज्ञान र गणितमा सी प्लस र अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा डी प्लस ल्याउनै पर्नेछ। व्यावासायिक विषय समूहअन्तर्गत एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल, सिभिल र कम्प्युटर इन्जिनियरिङ विषयमा भर्ना हुन न्यूनतम जीपीए एक दशमलव ६ ल्याउनै पर्छ। त्यसबाहेक यो समूहमा भर्ना हुन विद्यार्थीलाई अंग्रेजी, गणित, नेपाली, विज्ञान तथा सामाजिक अध्ययन विषयमा न्यूनतम जीपीए डी प्लस ल्याएकै हुनुपर्ने व्यवस्था गरिएको छ।

म्याथमेटिक्स, जियोग्राफी, एकाउन्टेन्सी, इकोनोमिक्स, कम्प्युटर साइन्स, टिचिङ म्याथमेटिक्स, मनोविज्ञान, ज्योतिष, इलेमन्ट्स अफ फाइनान्स, को अपरेटिभ म्यानेज्मेन्ट, विज्नेस स्टडिज, विज्नेस म्याथमेटिक्समा भर्ना हुन न्यूनतम जीपीए एक दशमलव ६ मात्र भए पुग्छ। तर अंग्रेजी, गणित, नेपाली, विज्ञान र सामाजिक अध्ययन विषयमा न्यूनतम डी प्लस ल्याउनै पर्नेछ।

फिजिक्स एजुकेसन, केमेष्ट्रि एजुकेसन, वायोलोजी एजुकेसन र टिचिङ साइन्समा भर्ना हुन चाहने विद्यार्थीले जीपीए एक दशमलव ६ मात्रै ल्याए पनि पुग्छ। तर अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक अध्ययन विषयमा डि प्लस ल्याउनै पर्छ। अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंग्रेजी, लिङग्विस्टिक विषयमा भर्ना हुन एक दशमलव ६ मात्र ल्याए पुग्छ। तर यस्त विद्यार्थीले अंग्रेजी, नेपाली र सामाजिक अध्ययन विषयमा डि प्लस ल्याउनै पर्छ।

होटल म्यानेज्मेन्ट, ट्राभल तथा टुरिज्म विषयमा भर्ना हुनका लागि पनि एक दशमलव ६ जिपीए मात्र ल्याए पुग्छ, तर अंग्रेजी, नेपाली, गणित तथा सामाजिक अध्ययन विषयमा डी प्लस ल्याउनै पर्छ। नेपाली र टिचिङ नेपाली विषय पढ्न अंग्रेजी, संस्कृत, नेपाली र सामाजिक अध्ययन र विषयमा डि प्लस ल्याउनै पर्छ। जीपीए एक दशमलव ६ मात्र ल्याए पनि पुग्छ। इतिहास, राजनीति शास्त्र, गृह विज्ञान, समाजशास्त्र, दर्शनशास्त्र, पुस्तकालय तथा सूचना विज्ञान, ग्रामीण विकास विषयमा भर्ना हुन जीपीए एक दशमलव ६ मात्र ल्याए पुग्छ, तर अंग्रेजी, नेपाली र सामाजिक अध्यननमा न्यूनतम डि प्लस ल्याउनै पर्छ।

शिक्षाको परिचय, इन्स्ट्रक्सनल पेडागोजी, हेल्थ एण्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोन्मेन्ट एजुकेसन पढ्न न्यूनतम जीपीए एक दशमलव ६ मात्रै ल्याए पुग्छ, तर अंग्रेजी, नेपाली, विज्ञान, स्वास्थ्य तथा जनसंख्या विषयमा डि प्लस ल्याएकै हुनुपर्छ। संस्कृत व्याकरण, साहित्य, वेद, नीति शास्त्र, बौद्ध एजुकेसन विषय पढ्न जीपीए एक दशमलव ६ मात्र भए पुग्छ, तर नेपाली, संस्कृत, सामाजिक अध्ययन र अंगेजीमा डि प्लस ल्याउनै पर्छ। पत्रकारिता, ह्युमन भ्यालु एजुकेसन र कानुन विषयमा भर्ना हुन अंग्रेजी, नेपाली र सामाजिक अध्ययन विषयमा डि प्लस ल्याउनै पर्छ, तर समग्रमा जीपीए एक दशमलव ६ मात्र भए पुग्छ।

मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापनिज, उर्दु, जर्मन, चाइनिज र अन्य भाषा तथा डान्स, म्युजिक, पेन्टिङ विषय पढ्न पनि जीपीए एक दशमलब ६ भए पुग्छ, तर अंग्रेजी विषयमा डि प्लस ल्याउनै पर्छ। काठमाडौं महानगरपालिका शिक्षा विभागका प्रमुख प्रल्हाद अर्यालले सबै विद्यालयलाई यहि मापदण्ड अनुसार विद्यार्थी भर्ना गर्न निर्देशन दिइएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.