समूह विजेता र प्रतिष्ठाको होड

समूह विजेता र प्रतिष्ठाको होड

मस्को : जारी विश्वकपमा ‘ए’ मात्र यस्तो समूह हो, जुन समूहबाट अन्तिम खेलअगावै नकआउट चरणमा पुग्ने दुवै टोलीको टुंगो लागिसकेको छ । यो समूहबाट आयोजक रुस र दुई पटकको विश्वकप विजेता उरुग्वे यसअघि नै नकआउट चरणमा पुग्ने टुंगो लागिसकेको छ । बलियो मानिएको मोहमद सलाहको टोली इजिप्ट र एसियाली टोली साउदी अरेबिया भने पहिलो समूहगत चरणबाटै घर फर्कने पनि निश्चित भइसकेको छ ।

यस्तो अवस्थामा सोमबार दुई बलिया टोली रुस र उरुग्वे तथा दुई कमजोर देखिएका टोली साउदी र इजिप्टबीच समूहगत चरणको अन्तिम खेल हुँदैछ । साउदी र इजिप्टबीचको खेलले तालिकाको समीकरणमा कुनै असर नपारे पनि उनीहरू सान्त्वना जितका लागि प्रयासरत रहन छन् । उनीहरूका लागि यो खेल प्रतिष्ठाका लागि मात्रै महत्वपूर्ण रहनेछ  तर, रुस र उरुग्वेबीचको खेलले भने नकआउट चरणको समीकरणमा ठूलै असर पार्नेछ।

रुस र उरुग्वेबीचको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ । उक्त खेलमा जित हात पार्ने टोली समूहको विजेता र हार्ने टोली उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा भने समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेता र समूह ‘ए’ को उपविजेताले समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नु पर्नेछ ।

विश्वकप सुरु हुनुअघि खासै लयमा नदेखिएका कारण आफ्नै समर्थकको आलोचना खेप्दै आएको रुसले प्रतियोगिताको पहिलो र दोस्रो खेलमा भने अपत्यारिलो प्रदर्शन गरेको छ । अघिल्ला दुई खेलमै रुसले विपक्षीको पोस्टमा आठ गोल ठोकिसकेको छ । आफ्नो पहिलो खेलमा साउदीलाई ५-० गोलले हराएर घरेलु मैदानमा आफ्नो प्रभाव देखाएको रुसले दोस्रो खेलमा इजिप्टलाई ३-१ गोलले जिल्याएको थियो ।

यसैगरी आफ्नो पहिलो खेलमा सलाहबिनाको इजिप्टमाथि १-० गोलको प्रतिस्पर्धात्मक जित हात पारेको उरुग्वेले दोस्रो खेलमा पनि साउदीलाई १-० गोलले मात्र हराउन सकेको थियो । लुइस स्वारेज, एडिन्सन काभानी, डिएगो गोडिन, जोसे जिमेन्जजस्ता प्रभावशाली खेलाडीको साथ पाए पनि उरुग्वेले अघिल्ला दुई खेलमा आफ्नो क्षमताअनुसारको प्रदर्शन भने गर्न सकेको छैन ।

यसको विपरीत अघिल्ला दुई खेलमा रुसको प्रदर्शन भने निकै आक्रामक र स्तरीय देखिएको छ । सशक्त प्रदर्शन गरेका रुसका डेनिस चेरिसेभले अघिल्ला दुई खेलमा टोलीका लागि तीन गोल गरिसकेका छन् । विश्वकपमा यी दुईबीच पहिलो पटक भिडन्त हुन लागेको हो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.