‘आणविक सम्झौता भंग इरानका लागि खतरनाक'

‘आणविक सम्झौता भंग इरानका लागि खतरनाक'

तेहरान : इरानी विदेशमन्त्री मोहम्मद जावेद जरिफले अमेरिकाले सम्झौताबाट बाहिरिएपछि आणविक सम्झौता जोगाउन असफल भएमा यो तेहरानका लागि निकै घातक हुने बताएका छन् ।अमेरिकाले गत मे महिनामा आफू सन् २०१५ मा इरानसँग विश्व शक्तिराष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, चीन र रूसले गरेको आणविक सम्झौतालाई नमान्ने घोषणा गरेको थियो ।

सम्झौता भंग भएमा अमेरिकाले इरानमाथि पुन: आर्थिक नाकाबन्दी लगाउनेछ । यसले इरानसँग व्यापार साझेदारी रहेका मुलुकसँगको कारोबारलाई प्रभावित बनाउनेछ । यद्यपि सम्झौताका हस्ताक्षरकर्तामध्ये अमेरिका बाहेकका अन्य मुलुकले सम्झौताबाट फिर्ता नहुने प्रतिबद्धता जनाइसकेका छन् । यद्यपि उनीहरू अमेरिकाबाट जरिवाना लगाउने र विश्वास गुम्ने भयका कारण इरानबाट बाहिरिने कम्पनीलाई रोक्ने सन्दर्भमा शक्तिहीन देखिएका छन् ।

‘आणविक सम्झौता असफल भएमा यो हाम्रा लागि निकै खतरापूर्ण हुनेछ’, इरानी विदेशमन्त्री जरिफले इरानको च्याम्बर अफ कमर्सलाई भनेका उद्धृत गर्दै आधिकारिक समाचार संस्था आइआरएनएले जनाएको छ । इरानमा कार्यरत कतिपय व्यवसायिक कम्पनीहरू अमेरिकाले सम्झौताबाट बाहिरिने घोषणासँगै आफ्ना गतिविधिमा सुस्ताउँदै बाहिरिन थालिसकेका छन् । यसैगरी गत वर्षको सेप्टेम्बरपछि अहिलेसम्म रियालको मूल्यमा अमेरिकी डलरसँग ४७ प्रतिशत गिरावट आइसकेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले शनिवार इरानलाई धम्की दिएका थिए । इरानले आणविक गतिविधि जारी राखे संसारकै आक्रोश सहनुपर्ने चेतावनी दिएका थिए । इरानले परमाणु हतियार कहिल्यै पनि बनाउन नसक्ने उनले दाबी गरे । इरानले त्यस्तो प्रयास गर्नेबित्तिकै आर्थिम नाकाबन्दी लगाइने उनले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.