माछापुच्र्छ्रे हिमाल आरोहणका लागि पहल गरिने

माछापुच्र्छ्रे हिमाल आरोहणका लागि पहल गरिने

माछापुच्छ्रे : माछापुच्छ्रे गाउँपालिकाको गाउँसभाले ६ हजार ९ सय ९३ मिटर उच्चकुमारी माछापुच्छ्रे हिमाल पर्वतारोहणका लागि खुला गर्न पहल गर्ने भएको छ। माछापुच्छे गाउँपालिकाको आइतबार भएको गाउँसभामा आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले गाउँको आर्थिक विकास र समृद्धिका लागि माछापुच्छे« हिमाल आरोहणका लागि पर्यटनसम्बद्ध संघ संस्था, पर्यटनविद् तथा प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर पहल गरिने बताए।

विश्वकै सुन्दर हिमालमध्येको एक कुमारी माछापुच्छे« हिमाल छोएर पर्यटन विकास गर्नुपर्ने बेला आएको उनले सुुनाए। धार्मिक स्थलहरूमा पनि नपुगी स्पर्श नगरी पूर्जा गर्न नसकिने भएकोले माछापुच्छे« हिमाललाई पनि नजिकै गएर दर्शन गर्ने व्यवस्था मिलाउन पहल गरिने उनले सुनाए।

मुख्य आम्दानीको स्रोत भनेको हिमाली पदयात्रा र माछापुच्छे« हिमाल भएकोले अब यस हिमाल आरोहण खुला गरी पर्वतारोहणका माध्यमबाट रोजगारका अवसर सिर्जना गर्नुपर्ने उनले बताए। पदयात्रा पर्यटनमा ५ जना पर्यटक बराबर १ पथप्रदर्शकले काम पाउने तर पर्वतारोहण पर्यटनमा एक पर्यटक बराबर २ जनासम्मले रोजागारी पाउने भएकोले पर्यटकलाई आकर्षण गर्न माछापुच्छ्रे हिमाल आरोहण खुला गर्न पहल गरिने उनले सुनाए।

माछापुच्छ्रे हिमाल अरोहणका लागि सन् १९५७ मा बेलायतका जिम्मी रोबट नेतृत्वमा ६ हजार ९ सय ४७ मिटरसम्म पुगेर मौसम प्रतिकूल भएपछि अरोहण बीचैमा छाडेको बताउँदै यसलाई पुनः आरोहणका लागि खुला गर्नुपर्ने अध्यक्ष गुरुङले बताए। माछापुच्छे« हिमाल एटेम भइसकेर माछापुच्छ्रे हिमालको शिखर चुम्न २८ मिटर मात्र बाँकी रहेकोले पनि कुमारी भन्न नमिल्ने उनले सुनाए। गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले पनि गाउँपालिकाको पर्यटन विकास र आर्थिक समृद्धिका लागि माछापुच्छे« हिमाल आरोहण खुला गर्नुपर्ने बताइन्।

गाउँसभामा आर्थिक वर्ष ०७/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै अध्यक्ष गुरुङले गाउँपालिकाको कुल बजेट ४५ करोड ७ लाख ८० हजार चार सय ३५ रुपैयाँ बजेट प्रस्तुत गरे। आन्तरिक आय स्रोतबाट ७१ लाख १९ हजार र बाह्य अनुदानतर्फ संघीय सरकारको वित्तीय समानीकरणतर्फ ८ करोड ५ लाख, संघीय सरकारको राजस्व बाँडफाँटबाट सात करोड ११ लाख ७२ हजार छ। यसैगरी संघीय सरकारको सर्सत अनुदान १७ करोड ४८ लाख, समाजिक सुरक्षातर्फ सात करोड ५० लाख छ। प्रदेश सरकारको वित्तीय समानीकरण १ करोड ११ लाख चार हजार, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २५ लाख ७५ हजार ४ सय ३५ रुपैयाँ रहेको गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरे।

माछापुच्छ्रे गाउँपालिकाले कृषि पशु, पर्यटन, वित्त सहकारी, वन वातावरण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, सडक, सिँचाइ, महिला तथा बालबालिका, अपांग, ज्येष्ठ नागरिक, उत्पीडित दलित, जनजाति, युवा वर्गको समुचित विकास गर्ने, सुशासन तथा संस्थागत सुधार, खेलकुद विकासलगायत विषयलाई प्राथमिकता दिएको छ। सबैभन्दा धेरै सात करोड १८ लाख सडकमा विनियोजन गरेको छ। चालु खर्चतर्फ २८ करोड ३७ लाख ५५ हजार चार सय ३५ र पुँजीगततर्फ १६ करोड ७० लाख २५ हजार विनियोजन गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.