एक खेल बाँकी छँदै कुन टिम बाहिरिए, कुन अन्तिम १६ मा ? तालिकासहित
काठमाडौं : रुसमा जारी फिफा विश्वकप २१ औं संस्मरणको प्रतियोगितामा आइबार रातिका खेल सकिँदा सहभागी ३२ राष्ट्रले नै समूह चरणका २-२ खेल खेलिसकेको छन्। जारी विश्वकपमा कमजोर आँकलन गरिएका टोलीहरुले बलिया मानिएका टोलीलाई कडा चुनौती दिँदा नकआउट चरणको यात्रा निकै प्रतिस्पर्धात्मक र रोकच बनेको छ।
उपाधि दावेदार मानिएका टिम जर्मन अर्जेन्टिना, ब्राजिल, स्पेन, पोर्चुगल जस्ता टोली नकआउट चरण प्रवेशका लागि संघर्षरत छन्। उता कमजोर आकलन गरिएका क्रोएसिया, मेक्सिको, रुस, उरुग्वे अन्तिम १६ का लागि छनोट भइसकेका छन्।
उपाधि दावेदार मानिएका फ्रान्स, इङ्ल्याण्ड, बेल्जियम प्रिक्वाटरफाइलनमा प्रवेश गरिसकेका छन।
समूह चरणको एक खेल बाँकी रहँदा ३२ मध्ये ७ टोलीले नकआउट चरण(अन्तिम १६) का लागि स्थान सुरक्षित गरिसकेका छन्, समूह चरणमै सीमित हुने ११ टोलीको टुंगो लागिसकेको छ।
अन्तिम १६ मा छानिन बाँकी ९ टोलीको टुंगो समूह चरणको अन्तिम खेलबाट मात्रै लाग्ने भएको छ। जसका लागि १४ टोली प्रतिस्पर्धामा छन्।
समूह चरणका बाँकी खेल सोमाबार साँझदेखि हुँदैछन्।
समूह 'ए'
प्रिक्वाटर फाइलन पुग्ने : रसिया, उरुग्वे
बाहिरिने :इजिप्ट, साउदी अरेबिया
बाँकी खेल :इजिप्ट-साउदी अरेबिया, रुस-उरुग्वे
समूह 'बी'
प्रिक्वाटरफाइलन पुग्ने : छैन
बाहिरिने : मोरोक्को
बाँकी खेल : पोर्चुगल-इरान, स्पेन- मोरोक्को
समूह 'सी'
प्रिक्वाटरफाइलन पुग्ने : फ्रान्स
बाहिरिने : पेरु
बाँकी खेल : फ्रान्स-डेनमार्क, अस्ट्रेलिया-पेरु
समूह 'डी'
प्रिक्वाटरफाइलन पुग्ने : क्रोएसिया
बाहिरिने : छैन
बाँकी खेल : नाइजेरिया-अर्जेन्टिना, क्रोएसिया-आइसल्याण्ड
समूह 'ई'
प्रिक्वाटरफाइलन पुग्ने : छैन
बाहिरिने : कोस्टारिका
बाँकी खेल : ब्राजिल-सर्बिया, स्विट्जरल्याण्ड-कोस्टारिका
समूह 'एफ'
प्रिक्वाटरफाइलन पुग्ने : मेक्सिको
बाहिरिने : दक्षिण कोरिया
बाँकी खेल : जर्मनी-दक्षिण कोरिया, मेक्सिको-स्वीडेन
समूह 'जी'
प्रिक्वाटरफाइलन पुग्ने : इङ्ल्याण्ड, बेल्जियम
बाहिरिने : ट्युनिसिया, पानामा
बाँकी खेल : इङ्ल्याण्ड-बेल्जियम, ट्युनिसिया-पानामा
समूह 'एच'
प्रिक्वाटरफाइलन पुग्ने : छैन
बाहिरिने : पोल्याण्ड
बाँकी खेल : जापान-पोल्याण्ड, कोलम्बिया-सेनेगल