बन्द भएको पुरुष नर्सिङको पढाइ हुने

बन्द भएको पुरुष नर्सिङको पढाइ हुने

काठमाडौँ : बन्द भएको पुरुष नर्सिङको पढाइ सुरु हुने भएको छ।नेपाल नर्सिङ परिषद्ले पढाइ सुरु गर्ने भएपछि अस्पतालमा अब महिला नर्स मात्र होइनन् पुरुष नर्स पनि देखिनेछन्।

२०४६ मा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ सुरु भएको थियो। चार ब्याचसम्म मात्र अध्ययन भएको त्यो समयमा ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए। पछि पुरुषका लागि नर्सिङ पढ्ने अवसर बन्द भयो।

पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ।'देशलाई पुरुष नर्सको अभाव भएको छ,' उनले भने।पहिलो ब्याजका नर्स हुन् गुरागार्इं।उनले भने, 'पुरुष नर्सिङ बन्द गर्नु हुँदैन्थ्यो, फेरि सुरु हुनु सकारात्मक विषय हो, नर्सिङ पढ्न धेरै पुरुष इच्छुक पनि छन्।'

वीर अस्पतालमा बीस वर्षे सेवा गरी सेवानिवृत्त भई हाल हेटौँडास्थित नारायणी मेडिकल एण्ड टेक्नोलोजीका प्रधानाध्यापक गुरागाईंले नीति निर्माण तहमा पनि महिला पुरुष भए अघि बढ्न बल पुग्ने बताए। 

उनले पुरुष बिरामीको हेरचाह र दूर्गम जिल्लामा पुरुष नर्सलाई खटाउन सजिलो हुने बताए।'पुरुष नर्स हुँदा सामाजिक सुरक्षा मजबुत हुने र पेशालाई माथि उकास्न सहज हुन्छ,' उनले भने।

लामो समयदेखि पुरुषले नर्सिङ पढ्न पाउनुपर्ने आवाजको अन्ततः सम्बोधन भएको छ । नेपाल नर्सिङ परिषद्ले पुरुषलाई पनि नर्सिङ पढ्न पाउने निर्णण गरेपछि बाटो खुल्ला भएको हो । 

नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा गोमादेवी निरौलाले चारैतिरबाट माग भएपछि आवश्यकता महसुस गरी सो निर्णय गरेको बताइन्। विश्वविद्यालय, प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका नर्सिङ शैक्षिक संस्थालाई निर्णय कार्यान्वयन गर्न परिषद्ले सूचना जारी गरिसकेको अध्यक्ष निरौलाले बताइन्।

अध्यक्ष निरौलाले शैक्षिक सत्र २०७५÷७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई नर्सिङ अध्ययनमा समावेश गराउने निर्णय गरेको जानकारी दिइन्।नेपाल नर्सिङ संघले नर्सिङ अध्ययनमा पुरुषलाई कोटा दिनुपर्ने माग राख्दै नेपाल नर्सिङ परिषद्लाई पत्र समेत पठाएको थियो। नेपाल नर्सिङ संघकी महासचिव लक्ष्मी केसीले विदेशमा पुरुष नर्स उत्पादन भई काम गरिरहेकाले नेपालमा पनि पुरुष नर्सको आवश्यकता खड्किएको बताइन्।

उनले भनिन,'लैङ्गिक समानताका लागि पनि नेपालमा पुरुष नर्स चाहिन्छ भनेर हामी पहिलेदेखि आवाज उठाउँदै आएका थियौँ।' जनशक्ति उत्पादन गर्न संघमार्फत नर्सिङ परिषद्लाई पत्र पठाएका थियौँ।' अब नर्स भन्ने वित्तिकै महिला मात्र हुन्छन् भन्ने मानसिकता परिवर्तन हुने उनको विश्वास छ । 

परिषद्मा नेपाल र भारतमा अध्ययन गरेका १सय ५ जना पुरुष नर्स दर्ता भएका छन्। अब निर्णय कार्यान्वयन भएमा वार्षिक १सय २५ कलेजबाट १५ प्रतिशत पुरुष नर्स उत्पादन हुँदा वर्षमा एक हजार १सय ५५ पुरुष उत्पादन हुने अनुमान गरिएको छ । वार्षिक १सय २५ भन्दा बढी नर्सिङ कलेजबाट सात हजार ७ सय ४० जना महिला नर्स उत्पादन हुँदै आएका छन् । 

नेपाल नर्सिङ परिषद्मा ८१ हजार ९० नर्स दर्ता छन् । जसमा स्टार्फ नर्स ४९ हजार ३४, अनमी ३१ हजार २ सय २१ र विदेशी नर्स ८ सय ३५ दर्ता छन् । दर्ता भई बर्सेनी लाइसेन्स दर्ता नवीकरण भने १३ हजार ८ सय ३६ स्टार्फ नर्स र तीन हजार ६ सय ३४ अनमीले मात्र गराएको परिषद्को तथ्यांक छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.