गोल्डेन बुटको दौडमा पाँच खेलाडीको टक्कर

गोल्डेन बुटको दौडमा पाँच खेलाडीको टक्कर

काठमाडौँ: फिफा विश्वकपमा कपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुटको अवार्ड दिने गरिएको छ। यो अवार्डका लागि विश्वभरका स्टार खेलाडीबीच कडा टक्कर हुने गरेको छ । रसियामा जारी विश्वकपमा यस्तै केही चर्चित खेलाडी छन्, जो आफ्नो टिमलाई जितका साथसाथ यस अवार्डलाई आफ्नो नाममा पार्न पनि प्रतिस्पर्धा गरिरहेका छन् । 

गोल्डेन बुटको दौडमा को कति अगाडि ?

१. ह्यारी केन (इङ्ल्यान्ड)-५ गोल

इङ्ल्यान्डका कप्तान ह्यारी केन यस समय उत्कृष्ट फर्ममा देखिएका छन् । टोटनह्यामबाट व्यवासयिक फुटबल खेल्दै आएका उनले पनामाविरुद्ध आइतवार ह्याट्रिक गरे । यो ह्याट्रिकसँगै यस विश्वकपमा उनले आफ्नो गोल स‌ंख्या ५ बनाएका छन् । यसभन्दा अघि उनले समूह चरणको पहिलो खेलमा ट्यूनिशियाविरुद्ध दुई गोल गरेका थिए । 

केन यस प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । यसका अलावा उनी यस विश्वकपमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी भएका छन् । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यो विश्वकपमा पहिलो ह्याट्रिक गरेका थिए ।

२. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)-४ गोल

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो पनि फिफा विश्वकप २०१८ मा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा अहिले दोस्रो नम्बरमा छन् । उनको नाममा चार गोल रहेको छ। 

यसमा स्पेनविरुद्ध उनले गरेको यो विश्वकपको पहिलो ह्याट्रिक पनि सामेल छ । रोनाल्डो एक्लैको बलमा पोर्चुगल आफ्नो पहिलो खेलमा स्पेनलाई बराबरीमा रोक्न सफल भएको थियो । यसका अलावा रोनाल्डोलले मोरक्कोविरुद्ध पनि एक गोल गरेर टिमलाई जिताएका थिए ।


३. रोमेलु लुकाकु (बेल्जियम)- ४ गोल

बेल्जियमका युवा स्ट्राइकर रोमेलु लुकाकूको नाममा यस विश्वकप प्रतियोगितामा ४ गोल रहेको छ । यसमा पनामाविरुद्धको २ र ट्युनिशियाविरुद्धको दुई गोल पनि सामेल छ। उत्कृष्ट लयमा देखिएका यी फुटबलर गोल्डेन बुट अवार्डका लागि बलियो दाबेदारी पेश गर्दैछन् । 

४. डेनिस चेरिसेभ(रूस)- ३ गोल

रूसका एट्याकिङ मिड फिल्डर डेनिस चेरिसेभले यस विश्वकपमा ३ गोल गरेका छन् । उनी अहिले फिफा विश्वकप २०१८ मा सबैभन्दा धेरै गोल गर्ने फुटबलरको सूचीमा चौथो नम्बरमा छन् । चेरिसेभले उद्घाटन खेलमा रूसलाई साउदी अरबविरुद्ध ५-० ले जिताउन अहम् भूमिका खेले । यो विश्वकपको इतिहासमा रूसको दोस्रो ठुलो जित हव । डेनिस चेरिसेभलले साउदी अरबविरुद्ध दुई र इजिप्टविरुद्ध एक गोल गरेका थिए । 

५ डिएगो कोस्टा (स्पेन)-३ गोल

स्पेनका स्टार फुटबलर डिएगो कोस्टाले यस विश्वकपमा३ गोल गरिसकेका छन् । पोर्चुगलविरुद्ध यी स्ट्राइकरले दुई गोल हानेका थिए । त्यसैगरी इरानविरुद्ध एक गोल गरे । उनलाई यो विश्वकपमा गोल्डेन बुटको दौडमा प्रबल दावेदार हुन सक्छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.