घट्यो सेयर बजार
काठमाडौँ : सेयर बजार करिब १० अंकले घटेको छ।नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २ सय १० बिन्दुमा आइपुगेको छ।
यस्तै 'क' वर्गका कम्पनीको सेयरको मापन गर्ने सन्सेटिभ परिसूचकसमेत २.०७ बिन्दुले घटेर २५३.९७ बिन्दुमा पुगेको छ।सोमबार कूल १५८ कम्पनीको पाँच लाख ७४ हजार ७८१ कित्ता शेयर रु १८ करोड ५१ लाख ७० हजार मूल्यमा खरिद बिक्री भएको छ।
आज दुई उपसमूहको सेयर भने बढेको छ। होटल २.२६ बिन्दु र उत्पादन समूहको शेयर १.८६ बिन्दुले बढेको छ। यस्तै बैंकिङ ८.११, विकास बैंक १०.२९, जलविद्युत् १७.१२, फाइनान्स ०.९४, बीमा ७९.७६, अन्य ३.१ र माइक्रोफाइनान्स १३.७५ बिन्दुले घटेको छ।