इरानी फ्यानको चाल: रोनाल्डोसहित पोर्चुगलका खेलाडीलाई रातभर सुत्न दिएनन्

इरानी फ्यानको चाल: रोनाल्डोसहित पोर्चुगलका खेलाडीलाई रातभर सुत्न दिएनन्

मस्को: विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार राति इरानले क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलसँग सामना गर्दैछ । यो प्रतियोगिता भन्दा पहिले आइतवार राति सयौँ इरानी फुटबल प्रशंसकहरु पोर्चुगलका खेलाडीको निद्रा बिथोल्न होटल पुगेका छन् । 

मध्यराति जम्मा भएर पुगेका इरानका सयौँ फ्यानको चर्को नाचगान कारण क्रिस्टियानो रोनाल्डो होटलको झ्याल खोल्न बाध्य भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । 

पोर्चुगलको टेलिभिजन ‘आरटीपी’ ले आफ्नो एक समाचारमा आफ्ना फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो होटलको झ्यालमा आएर इरानी प्रशंसकलाई शान्त हुन आग्रह गर्दै गरेको दृश्य देखाएको छ । यसका बाबजुत सोमवार बिहान पनि मस्कोको सरान्स्क सिटी सेन्टरमा अवस्थित होटल नजिकै इरानी प्रशंसकहरुले चर्को आवाजमा संगीत बजाउँदै नाचागान गरेका थिए । 

इरान विश्व कपको अघिल्लो चरणमा पोर्चु्गललाई हराएपछि मात्रै पुग्न सक्छ । अर्कातिर पोर्चुगललाई भने अघि बढ्नका लागि बराबरी गरे पनि पुग्छ । तर पोर्चुगल जितेर समूह विजेता हुने लक्ष्यसहित मैदानमा उत्रिनेछ । 

स्थानीय पुलिसले राति ११ बजे आफूहरुलाई होटल नजिकै होहल्ला गरिएको सूचना आएको जनाएको छ।  इरानी प्रशंसक होटल बाहिर ठुलो ठुलो स्वरमा गीत गाइरहेका थिए । त्यसपछि रोनाल्डो होटल बाहिर आएर उनीहरुलाई शान्त हुन अपिल गरेका थिए । 

तर त्यसको केही बेरमा भिड जम्मा भएर कयौँ घण्टासम्म हल्ला गरिरहे । यति भएपछि पुलिसले होटल आसपासको सडक पनि बन्द गर्यो तर इरानी समर्थकहरु सानो सानो समूहमा आएर होटल बाहिर हल्ला गर्न छाडेनन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.