उरुग्वे २ गोलले अगाडि, रसिया पहिलो हाफमै १० खेलाडीमा सीमित
काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्रतगत समूह चरणको अन्तिम खेलमा आयोजक रसियाविरुद्ध उरुग्वेले २–० को अग्रता बनाएको छ ।
समूह ए अन्तरगतको अन्तिम खेलमा उरुग्वेका लागि खेलको १० औँ मिनेटमा लुइस स्वारेजले अग्रता दिलाए । सुरुबाटै दबाबमा राखेको उरुग्वेलाई रसियाले खेलको २३ औँ मिनेटमा आत्मघाती गोल उपहार दियो ।
रसियाबाट यो विश्वकपमा सर्वाधिक ३ गोल गरिसकेका डेनिस चेरिसोभले आत्मघाती गोल गरेपछि उरुग्वे २–० ले अघि बढेको छ । त्यसपछि खेलको ३६ औँ मिनेटमा इगोर स्मोल्इकोभ दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रसिया १० खेलाडीमा खेल्न बाध्य भएको छ ।